logo

हैजा संक्रमणको कारण दुषीत पानी, सबैलाई सर्तक रहन मधेशका कार्यवाहक मुख्यमन्त्री यादवको  अपिल

 इसीमाना सम्बाददाता     २०८२ भदौ ८ गते ०१: ३४ मा प्रकाशित     2267   पटक पढिएको

वीरगंज । मधेश प्रदेशका कार्यवाहक मुख्यमन्त्री एवं भौतीक तथा पूर्वाधार बिकास मन्त्री सरोज कुमार यादवले सबैलाई सर्तक रहन अपिल गरेका छन ।

 

वीरगंजमा (क्लोरा शून्य वन) नामको हैजाको संक्रमण फैलिएको पुष्टि भएको भन्दै कार्यवाहक मुख्यमन्त्री यादवले यस्तो आग्रह गरेका हुन ।

 

कार्यवाहक मुख्यमन्त्री यादवले हैजा संक्रमको सँमेदनशिलतलाई ध्यानमा रख्दै प्रदेश सरकारका स्वास्थ्यमन्त्री शत्रुघ्न सिंहलाई प्रभावित क्षेत्रमा पठाएको जानकारी दिए ।

 

स्वास्थ्यमन्त्री सहितको टोली वीरगंजमा परिचालन भएको उनले बताएका छन । उनले प्रदेश सरकार हैजाको संक्रमण नियन्त्रणका बिषयमा गम्भिर रहेको र हरसम्भव प्रयास सरकारले गर्ने प्रतिवद्धता जनाएका छन । 

 

उनले आफनो फेसबुक पेजमा एउटा स्टाटस लेख्दै  दुषीत पानीका कारण संक्रमण फैलिएको जनाउ दिदै सबैका सर्तक रहन अपिल गरेका हुन ।

 

उनले संक्रमीत क्षेत्रमा नागरिक सेवामा  प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको सम्पुर्ण टिम परिचालित गरिएको जानकारी गराएका छन । उनले प्रदेश सरकार जनताको साथमा रहेको महामारी नियन्त्रणमा हरेक प्रयास अवलम्बन गरिने बताएका छन । 

प्रदेश सरकारको प्रादेशीक प्रयोगशालाले दुषीत पानीका कारण हैजाको संक्रमण भएको प्रतिवेदन मधेश सरकारलाई बुझाएको छ । उसले बुझाएको प्रतिवेदनमा ३४ जनामा हैजाको संक्रमण भएको छ ।

 

उनीहरुको वीरगंजका बिभिन्न अस्पतालमा उपचार भइरहेको छ ।  वीरगंज महानगरले आयतवार सम्म यो संख्या ४२ पुगेको जनाएको छ ।

 

महानगरले भने प्रभावित क्षेत्रको पानी परिक्षणकोलागि केन्द्रीय प्रयोगशाला काठमाण्डौमा पठाएको जनाएको छ । त्यसको रिपोर्ट आइ नसकेको  स्वास्थ्य महाशखा प्रमुख राजु साहले जनाएका छन ।

 

हैजा नियन्त्रणकालागि महानगरको स्वासथ्य महाशाखाको सम्पूर्ण जनशक्ति र मधेश प्रदेशको स्वासथ्य मन्त्रालयको टोली परिचालन भएको छ । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.