logo

हैजा संक्रमणको कारण दुषीत पानी, सबैलाई सर्तक रहन मधेशका कार्यवाहक मुख्मन्त्री यादवको  अपिल

 इसीमाना सम्बाददाता     २०८२ भदौ ८ गते ०१: ३४ मा प्रकाशित     313   पटक पढिएको

वीरगंज । मधेश प्रदेशका कार्यवाहक मुख्यमन्त्री एवं भौतीक तथा पूर्वाधार बिकास मन्त्री सरोज कुमार यादवले सबैलाई सर्तक रहन अपिल गरेका छन ।

 

वीरगंजमा (क्लोरा शून्य वन) नामको हैजाको संक्रमण फैलिएको पुष्टि भएको भन्दै कार्यवाहक मुख्यमन्त्री यादवले यस्तो आग्रह गरेका हुन ।

 

कार्यवाहक मुख्यमन्त्री यादवले हैजा संक्रमको सँमेदनशिलतलाई ध्यानमा रख्दै प्रदेश सरकारका स्वास्थ्यमन्त्री शत्रुघ्न सिंहलाई प्रभावित क्षेत्रमा पठाएको जानकारी दिए ।

 

स्वास्थ्यमन्त्री सहितको टोली वीरगंजमा परिचालन भएको उनले बताएका छन । उनले प्रदेश सरकार हैजाको संक्रमण नियन्त्रणका बिषयमा गम्भिर रहेको र हरसम्भव प्रयास सरकारले गर्ने प्रतिवद्धता जनाएका छन । 

 

उनले आफनो फेसबुक पेजमा एउटा स्टाटस लेख्दै  दुषीत पानीका कारण संक्रमण फैलिएको जनाउ दिदै सबैका सर्तक रहन अपिल गरेका हुन ।

 

उनले संक्रमीत क्षेत्रमा नागरिक सेवामा  प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको सम्पुर्ण टिम परिचालित गरिएको जानकारी गराएका छन । उनले प्रदेश सरकार जनताको साथमा रहेको महामारी नियन्त्रणमा हरेक प्रयास अवलम्बन गरिने बताएका छन । 

प्रदेश सरकारको प्रादेशीक प्रयोगशालाले दुषीत पानीका कारण हैजाको संक्रमण भएको प्रतिवेदन मधेश सरकारलाई बुझाएको छ । उसले बुझाएको प्रतिवेदनमा ३४ जनामा हैजाको संक्रमण भएको छ ।

 

उनीहरुको वीरगंजका बिभिन्न अस्पतालमा उपचार भइरहेको छ ।  वीरगंज महानगरले आयतवार सम्म यो संख्या ४२ पुगेको जनाएको छ ।

 

महानगरले भने प्रभावित क्षेत्रको पानी परिक्षणकोलागि केन्द्रीय प्रयोगशाला काठमाण्डौमा पठाएको जनाएको छ । त्यसको रिपोर्ट आइ नसकेको  स्वास्थ्य महाशखा प्रमुख राजु साहले जनाएका छन ।

 

हैजा नियन्त्रणकालागि महानगरको स्वासथ्य महाशाखाको सम्पूर्ण जनशक्ति र मधेश प्रदेशको स्वासथ्य मन्त्रालयको टोली परिचालन भएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी २ का किसानले पाए मल ,अध्यक्ष यादव आफै उत्रे सहजीकरणमा

वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ मा लामो समयदेखि रासायनिक मलको अभाव झेल्दै आएका किसानहरूले अन्ततः राहत पाएका छन् ।

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.