logo

जनकपुर बार र नेपाल पत्रकार महासंघवीचको बिवाद सकियो,आगामी दिनमा सहकार्यको प्रतिवद्धता

 इसीमाना सम्वाददाता     २०८२ भदौ ४ गते ०७: ५४ मा प्रकाशित     798   पटक पढिएको

जनकपुरधाम ।  नेपाल बार एसोसिएसन, जनकपुरधाम र नेपाल पत्रकार महासंघ, मधेश प्रदेशबीचको जग्गा विवाद अन्ततः समाधान भएको छ ।

 

मंगलवार दुबै संस्थाले बिवाद समाधानकोलागि एक सम्झौतापत्रमा हस्ताक्षर गरेपछि बिवाद समाधान भएको हो । 

यो मिलापत्रअनुसार, जनकपुरधामस्थित गुठी संस्थानबाट लिजमा लिइएको जग्गा अब दुवै संस्थाले बाँडफाँट गरेर प्रयोग गर्नेछन्।

May be an image of 4 people and text

जनकपुर बारले आफना सदस्यहरुको सवारी साधन पार्किङलागि सव लिज अन्र्तगत भाडामा जमिन प्रयोग गर्ने सहमती भएको छ । 

 

 बाटो बाहेक ४१ फिट चौडाई र ९० फिट लम्बाई भएको क्षेत्रफलको जग्गा बारले पार्किङकालागि उपयोग गर्ने छ ।

 

नेपाल पत्रकार महासंघले गुठी संस्थानबाट वार्षिक ३ लाख १ हजार रुपैया भाडा तिर्नेगरि लिएको सो जग्गाको जनकपुरवारले उपयोग गर्ने जग्गाको अनुपातमा भाडा बुझाउने गरी सहमति भएको बताइएको छ  । बाँकी भागमा पत्रकार महासंघले आफ्नो बहुउद्देश्यीय भवन निर्माण गर्नेछ।

May be an image of 11 people

मिलापत्रमा पत्रकार महासंघ, मधेश प्रदेशका अध्यक्ष श्यामप्रसाद बन्जारा र नेपाल बार एसोसिएसन, जनकपुरधामका अध्यक्ष विमलकुमार मिश्रले हस्ताक्षर गरेका छन। दुवै पक्षले यसअघि भएको विवादका घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।

 

 सहमतिसँगै दुवै पक्षले सामाजिक सञ्जालमा एकअर्काविरुद्ध आलोचनात्मक पोस्ट नगर्ने प्रतिबद्धता जनाएका छन्। साथै, दुई दिनभित्र एकअर्काविरुद्धका सबै कानुनी कारबाही फिर्ता लिने वा निष्क्रिय बनाउने समझदारी पनि भएको छ।

 

यो समझ्दारी अनुसार जकपुर बारले उच्च अदालत जनकपुरमा दायर गरेको रिट फिर्ता लिने र नेपाल पत्रकार महासंघले जिल्ला प्रहरी कार्यालय धनुषामा दिएको उजुरी फिर्ता लिने छन । 

May be an image of 9 people and people studying

यो सहमतिलाई सम्भव बनाउन दुवै संस्थाले गठन गरेका उच्चस्तरीय वार्ता समितिको भूमिका महत्त्वपूर्ण रह्यो। नेपाल पत्रकार महासंघले केन्द्रीय लेखा समितिका संयोजक के.सी.लामिछानेको संयोजकत्वमा रहेको मिशन टोलीलाई नै वार्ताको सहजीकरणकालागि जिम्मेवारी दिएको थियो । टोलीमा केन्द्रीय सदस्यद्वय राजेश कर्ण र राजु बिश्वकर्मा रहेका थिए ।

 

 बार एसोसिएसनका तर्फबाट केन्द्रीय सचिव बाबुराम अर्यालको संयोजकत्वमा वरिष्ठ अधिवक्ता चन्द्रकुमार शर्मा मैनाली र श्यामकुमार मिश्र सदस्य रहेका थिए ।  सहमती पछि दुबै संस्थाका अध्यक्षले समझ्दारीपूर्ण सहकार्यकालागि प्रतिवद्धता जनाएका छन ।

यो मिलापत्रले पेशागत संस्थाहरूबीचको विवादलाई संवादको माध्यमबाट समाधान गर्न सकिन्छ भन्ने एउटा उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।

May be an image of 9 people and text

FB_IMG_1755662213257.jpg?resize=720%2C1017&ssl=1

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

तीन महिनामा प्रेस स्वतन्त्रता  हननका  ५९ घटना सार्वजनीक

काठमाडौँ । तीन महिनाको अवधिमा प्रेस स्वतन्त्रता हननका ५९ घटना भएका प्रेस काउन्सिल नेपालले जनाएको छ ।

जेनजी आन्दोलनका क्रममा फरार कैदी वीरगंजबाट पक्राउ

वीरगंज । जेनजी  आन्दोलनका क्रममा केन्द्रिय कारागार जगन्नाथदेवल, काठमाडौंबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका कैदी वीरगंजबाट पक्राउ परेका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.