logo

पत्रकार माथिको आक्रमण प्रकरण,महासंघको मिशन टोली जनकपुरमा

 इसीमाना सम्वाददाता     २०८२ सावन २९ गते ०७: २८ मा प्रकाशित     673   पटक पढिएको

जनकपुरधाम । पत्रकारहरूमाथि भएको आक्रमणको छानबिन गर्न नेपाल पत्रकार महासङ्घको केन्द्रीय टोली जनकपुर आइपुगेको छ।

 

नेपाल बार एशोसिएसन, जनकपुरका केही वकिलहरूको समूहले पत्रकारहरूमाथि गरेको सांघातिक आक्रमणको घटनाबारे तथ्य संकलन गर्न र वर्तमान अवस्था बुझ्न यो टोली जनकपुर आएको हो।

 

महासङ्घका  लेखा संयोजक के.सी.लामिछानेको नेतृत्वमा आएको यो तीन सदस्यीय टोलीमा केन्द्रीय सदस्य राजेश कुमार कर्ण र राजु विश्वकर्मा पनि छन्। 

 

यो टोलीले घटनाका दुवै पक्षका मानिसहरूसँग कुराकानी गर्नेछ। साथै, स्थानीय प्रशासन, प्रादेशिक अस्पतालका चिकित्सक र अन्य सरोकारवालाहरूसँग पनि छलफल गर्ने कार्यक्रम रहेको छ।

 

छानबिन र छलफलपछि महासङ्घले घटनामा संलग्न व्यक्तिहरूमाथि कानुनी उपचार खोज्ने र अन्य आवश्यक निर्णयहरू लिने तयारी गरेको छ।

 

यो घटना नेपाल बार एशोसिएसन जनकपुर र नेपाल पत्रकार महासङ्घबीचको जग्गा विवादबाट सुरु भएको हो। पत्रकार महासङ्घले गुठी संस्थानको केन्द्रीय कार्यालयसँगको सम्झौताअनुसार पाएको जग्गालाई बार एशोसिएसनले पार्किङको रूपमा प्रयोग गर्न जग्गालाई कब्जा गर्दै हत्याउन खोजेका थिए । बारले सो सम्झौता खारेजीका लागि अदालतमा मुद्दा पनि दायर गरेको थियो।

 

यही विवादित जग्गामा पत्रकार सम्मेलन गरेपछि बार एशोसिएसनका वकिलहरूको समूहले पत्रकारहरूमाथि आक्रमण गरेका थिए ।

 

वकिलहरूले जग्गा आफ्नो स्वामित्वमा रहेको दाबी गर्दै तारले घेरा हाल्न खोज्दा झडप भएको थियो। उक्त घटनामा ६ जनाभन्दा बढी पत्रकारहरू घाइते भएका थिए।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

तीन महिनामा प्रेस स्वतन्त्रता  हननका  ५९ घटना सार्वजनीक

काठमाडौँ । तीन महिनाको अवधिमा प्रेस स्वतन्त्रता हननका ५९ घटना भएका प्रेस काउन्सिल नेपालले जनाएको छ ।

जेनजी आन्दोलनका क्रममा फरार कैदी वीरगंजबाट पक्राउ

वीरगंज । जेनजी  आन्दोलनका क्रममा केन्द्रिय कारागार जगन्नाथदेवल, काठमाडौंबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका कैदी वीरगंजबाट पक्राउ परेका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.