logo

पत्रकारमाथि वकीलको आक्रमण प्रकरणमा महासंघले बनायो मिशन टोली ,घटनाको सुक्ष्म अध्ययन गरिने

 इसीमाना सम्वाददाता     २०८२ सावन २८ गते ०६: ५२ मा प्रकाशित     656   पटक पढिएको

काठमाण्डौ । नेपाल बार एशोसिएशन जनकपुरका अध्यक्ष बिमल कुमार मिश्रको नेतृत्वमा रहेको वकीलहरुले पत्रकार माथि गरेको भौतीक आक्रमणको बिषयमा नेपाल पत्रकार महासंघ केन्द्य्रीय समितिले मिशन गठन गरेको छ ।

 

 नेपाल पत्रकार महासंघ मधेस प्रदेश समितिले कार्यालय भवन निर्माणका लागि कानूनी प्रक्रिया पूरा गरी लिएको धनुषास्थित जनकपुरधामको जग्गा संरक्षणका लागि कार्य गरिरहेको बेला मिश्रको नेतृत्वमा आएका वकीलहरुले पत्रकारहरुमाथि आक्रमण गरेका थिए ।

 

नेपाल पत्रकार महासंघले प्रक्रिया पुरा गरी प्रप्त गरेको उक्त जग्गा कब्जा गर्ने प्रयास स्वरूप गरिएको हुलहुज्जत र पत्रकारमाथि भएको आक्रमणको अध्ययन गरी प्रतिवेदन पेस गर्न मिसन टोली गठन गरिएको नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले जनाएका छन । 

 


यही साउन २७ गते भएको घटनाका सम्बन्धमा अध्ययन गर्न केन्द्रीय लेखा समिति संयोजक के.सी. लामिछानेको संयोजकत्वमा केन्द्रीय सदस्यहरू राजेशकुमार कर्ण र राजु विश्वकर्मा सदस्य रहेको मिसन टोली गठन गरिएको महासचिव दाहालले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ।

 


नेपाल पत्रकार महासंघको केन्द्रीय मिसनले सबै पक्षसंग छलफल र परामर्श गरि यथाशीघ्र प्रतिवेदन पेस गर्ने छ । सोही प्रतिवेदनका आधारमा महासंघले आवश्यक कदम चाल्नेछ ।


जग्गा संरक्षण गर्न घेराबार गरिरहेका बेला धनुषा जिल्ला बारका अध्यक्ष विमल मिश्र नेतृत्वको समुहले गरेको आक्रमणमा परि महासंघ प्रदेश अध्यक्ष श्याम बन्जारा, उपाध्यक्ष ज्योती झा, महासचिव शैलेन्द्र क्रान्ति, पत्रकार दिवाकर राय, विनिता यादव लगायत घाइते भएका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

वीरगन्जमा गर्भवती महिला उद्दार, अस्पतालमा उपचार सुरु

वीरगन्ज १२ । वीरगन्जको बहुवरी क्षेत्रबाट एक गर्भवती महिलाको उद्दार गरिएको छ। शनिबार राति नाम–थर बताउन नसक्ने अवस्थामा भेटिएकी ती महिलालाई मानव सेवा आश्रम वीरगन्जले सुरक्षित राखेको छ।

सर्लाहीमा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

बरहथवा  ।  सर्लाहीमा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवाको मृत्यु भएको छ भने, अर्का एक जना गम्भीर घाइते भएका छन् ।

खेलकुद

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।

नेपाल तेक्वान्दो संघको दोस्रो अधिवेशन सम्पन्न, श्रेष्ठ पुनः अध्यक्ष निर्वाचित

वीरगंज । नेपाल तेक्वान्दो संघ पर्साको दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले संस्थाका वर्तमान अध्यक्ष गणेशमान श्रेष्ठलाई सर्वसम्मत रूपमा पुनः अध्यक्षमा निर्वाचित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.