logo

निर्मला पन्त घटनाको बिरुद्ध न्याय माग्दै हिडने लेखक दिने ठाउमा पुगेपछि  निर्मलाकी आमामा झन निरशा बढ्यो

 इसीमाना सम्बाददाता     २०८२ सावन ११ गते ०२: ४३ मा प्रकाशित     525   पटक पढिएको

वीरगंज । तस्विरमा रहेको ब्यानरले धेरै कुरा बोलेको छ  र आज पनि त्यही बोली बोलीरहेको छ । तस्विरको वीचमा रहेका ब्यक्ति अनुसन्धान गर्ने निकायको उच्च पदमा पुगेका छन ।

 

हिजो सडकमा हुदा माँगदावी राखेर चोक चौराहमा ब्यानर मुनी बसेर आन्दोलन गर्दा जुन महत्वका साथ मुद्धाहरु उठान गर्थे तिनै ब्यक्ति दिने ठाउँमा पुगे पछि तै चुप मै चुपको अवस्था सृजना भएको छ । 


१० साउन २०७५ अर्थात् सात वर्षअघि कञ्चनपुरको भीमदत्त नगरपालिकाको उल्टाखामकी दुर्गा पन्तकी १३ वर्षीया छोरी निर्मला पन्त साथीको घरबाट बेपत्ता भएकी थिइन् । भोलिपल्ट घर नजिकैको उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा निर्मलाको शव फेला परेको थियो ।


 घटनाको सात वर्षसम्म पनि प्रहरीले दोषी पत्ता लगाउन सकेको छैन ।

 

दुर्गामा मरिसकेको न्याय पाउने आशा १५ महिनाअघि पनि जागेको थियो । जब नेपाल सरकारको गृहमन्त्रीमा आफ्नै निर्वाचन क्षेत्रका रमेश लेखक नियुक्त भए । लेखक निर्मलाको न्यायिक आन्दोलनमा सहभागी भइसकेका नेता थिए ।

 

पन्तको बलात्कारपछि भएको हत्यामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन राज्यलाई दबाब दिनेमध्ये अग्र मोर्चामा थिए कांग्रेसका नेता लेखक ।

 

‘निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा अहिलेसम्म हत्यारा पत्ता लगाउन नसक्नु सरकारको असफलता हो,’ लेखक त्यो बेला भन्थे, ‘यसको नैतिक जिम्मेवारी गृहमन्त्रीले लिनुपर्छ ।

 

’ निर्मलाको बलात्कारपछिको हत्या प्रकरणको नैतिक जिम्मेवारी गृहमन्त्रीले लिनुपर्ने भन्दै भाषण गर्ने नेता लेखक आफैँ गृहमन्त्री भएको वर्ष नाघ्यो  ।

 

 

तर, अहिले उनी निर्मला पन्त घटनाबारे खुलेर बोल्न पनि चाहँदैनन् । ‘घटनाको सुक्ष्म रूपमा अनुसन्धान भइरहेको छ’ भन्दै उनी पन्छिने गरेका छन् ।


लेखक गृहमन्त्री पछि पनि घटनाको अनुसन्धानमा केही प्रगति नभएपछि निर्मलाकी आमा दुर्गामा झन् निराशा बढेको छ ।

 

‘आफ्नै निर्वाचन क्षेत्रबाट विजयी भएका रमेश लेखक गृहमन्त्री हुँदा न्याय पाइन्छ कि भन्ने झिनो आशा पलाएको थियो,’ दुर्गाले भनिन्, ‘उहाँ त निर्मलाको न्यायका लागि आन्दोलन पनि गरिसक्नुभएको थियो । न्याय माग्ने व्यक्ति न्याय दिने ठाउँमा पुगे पनि न्याय भने पाइएको छैन ।

 

’ दुर्गाले दोषी पत्ता लगाउने राज्यको इच्छा नै नभएका कारण घटनाको अनुसन्धानमा प्रगति नदेखिएको आरोप लगाइन् । प्रहरी भने घटनाको गम्भिर ढंगले अनुसन्धान भइरहेको बताइरहेको छ ।

 

सीआइवीका प्रमुख अतिरिक्त महानिरीक्षक   चन्द्रकुवेर खापुङ निर्मला पन्त घटनामा प्रगती शुन्य जस्तै तै पनि अनुसन्धानमा प्रहरी लागेकै बताउछन ।

 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक  सागर बोहराले अनुसन्धानका क्रममा ६५५ जनासंग विस्तृत रुपमा सोधपुछ भएको जानकारी दिए । घटनामा शंकास्पद मानिएका एक सय २४ जनाको डीएनए परीक्षण पनि भइसकेको डीएसपी बोहराले बताए ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

वीरगन्जमा गर्भवती महिला उद्दार, अस्पतालमा उपचार सुरु

वीरगन्ज १२ । वीरगन्जको बहुवरी क्षेत्रबाट एक गर्भवती महिलाको उद्दार गरिएको छ। शनिबार राति नाम–थर बताउन नसक्ने अवस्थामा भेटिएकी ती महिलालाई मानव सेवा आश्रम वीरगन्जले सुरक्षित राखेको छ।

सर्लाहीमा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

बरहथवा  ।  सर्लाहीमा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवाको मृत्यु भएको छ भने, अर्का एक जना गम्भीर घाइते भएका छन् ।

खेलकुद

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।

नेपाल तेक्वान्दो संघको दोस्रो अधिवेशन सम्पन्न, श्रेष्ठ पुनः अध्यक्ष निर्वाचित

वीरगंज । नेपाल तेक्वान्दो संघ पर्साको दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले संस्थाका वर्तमान अध्यक्ष गणेशमान श्रेष्ठलाई सर्वसम्मत रूपमा पुनः अध्यक्षमा निर्वाचित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.