logo

नेपाली कांग्रेसमा बिधानको चीरहरण, भ्रष्टचारीलाई पार्टी सभापतिको जिम्मेवारी ,लोकतन्त्र प्रतिको निष्ठा देखाउने दाँत

 इसीमाना सम्वाददाता     २०८२ सावन ६ गते १०: १२ मा प्रकाशित     480   पटक पढिएको

सर्लाही । सर्वोच्च अदालतले गत फागुन १५ गते  चार महिना १५ दिन कैद र १ करोड २३ लाख रुपैयाँ बिगो तिराउने विशेष अदालतको फैसला सदर गर्दै  निर्णय गर्यो ।

 

अन्तिम अदालतबाट भ्रष्टाचारजन्य कसुरमा  कसुरदार ठहर भएका ब्यक्ति हुन नेपाली कांग्रेस सर्लाहीका बहालवाला सभापति सुरेन्द्र प्रसाद सिंह । 

 

सिंहलाई सर्लाहीको तत्कालीन मनुस्मारा सिँचाइ आयोजना प्रथम चरणको जल उपभोक्ता समितिको अध्यक्ष रहँदा आर्थिक अनियमितता गरेको अभियोगमा विशेष अदालतले दोषी ठहर गर्दै कैद र जरिवानाको सजाय सुनाएको थियो । पछि सर्वोच्चले सिंहको अपिललाई खारेज गर्दै बिशेष अदालतकै फैसला सदर गरेको हो ।

 

नेपाली कांग्रेस लोकतन्त्रप्रति निकै ओठेभक्ति प्रर्दशन गर्ने पार्टीको हो । नीति र बिधि राम्रो लेख्ने ब्यवहार र कर्म ठिक उल्टो गर्ने उसको कार्यशैली भएको छ । 

 

 भ्रष्टाचारमा दोषी ठहर भइसकेका नेपाली कांग्रेस सर्लाहीका जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहलाई पार्टीले केन्द्रीयस्तरमै सम्मान गरेर नेपाली कांग्रेसले आफनो असली चेहरा देखाएको छ ।

 

पार्टीको विधि र नैतिकता दुवैलाई तिलाञ्जली दिँदै पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले उनलाई सानेपास्थित पार्टी कार्यालयमा सम्मान गरेका हुन् ।

 

सम्मान पत्रमा लेखिएको छ ‘नेपाली कांग्रेस केन्द्रिय कार्यालयमा आधुनिक पुस्तकालय तथा स्रोत केन्द्र संचालनार्थ पुस्तक प्रदान गर्नु भएकोमा धन्यवाद व्यक्त गर्दै यो सम्मान पत्र प्रदान गरिएको छ।’


नेपाली कांग्रसको बिधानको धारा १३ को (ङ) मा  नैतीक पता देखिने पतन देखिने अभियोगमा अन्तिम अदालतले दोषी ठहर गरेमा पार्टीको सदस्यता नरहने ब्यवस्था गरेको छ । सिंह अन्तिम अदालतबाटै दोषी ठहर भएका हुन ।

No photo description available.

नैतीक पतन देखिने फौजदारी अपराध पनि हो । स्वतः सदस्यता समाप्त भएका ब्यक्तिलाई पार्टी सभापतिले गरेको संरक्षणका कारण  नेपाली कांग्रेसको  आचरण अशुद्ध रहेको प्रष्ट पारेको हो ।


तर न्यायालयबाट दोषी ठहरिए पनि सिंह अहिलेसम्म पनि जिल्ला सभापति उनै हुन  छन्। सर्वोच्चको फैसलापछि सर्लाहीका कांग्रेस कार्यकर्ताहरूले पार्टीको केन्द्रीय नेतृत्वलाई नयाँ जिल्ला सभापति चयनको माग गर्दै बारम्बार ध्यानाकर्षण गराए ।

 

 यहाँसम्म कि सानेपामा धर्नासमेत दिएका थिए तर पार्टी केन्द्रले त्यसको सुनवाई नगरि बिधि पद्धती होइन शक्तिको छाहारीमा ओत लाग्ने सन्देश प्रवाह गरेको छ। सिंह पार्टीको सभापतिमा कायम रहनु अझ सम्मानीत हुनुले नेपाली कांग्रेस गम्भिर नैतीक संकटमा फसेको छ । 


 सम्मान कार्यक्रमले कांग्रेसको अनुशासन र आन्तरिक लोकतन्त्रमा गम्भीर प्रश्न उठाएको छ । उसको यो कदमले नेपाली कांग्रेसको प्रजातन्त्र प्रतिको आदर्श र निष्ठा हात्तीको देखाउने दाँत भएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

वीरगन्जमा गर्भवती महिला उद्दार, अस्पतालमा उपचार सुरु

वीरगन्ज १२ । वीरगन्जको बहुवरी क्षेत्रबाट एक गर्भवती महिलाको उद्दार गरिएको छ। शनिबार राति नाम–थर बताउन नसक्ने अवस्थामा भेटिएकी ती महिलालाई मानव सेवा आश्रम वीरगन्जले सुरक्षित राखेको छ।

सर्लाहीमा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

बरहथवा  ।  सर्लाहीमा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवाको मृत्यु भएको छ भने, अर्का एक जना गम्भीर घाइते भएका छन् ।

खेलकुद

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।

नेपाल तेक्वान्दो संघको दोस्रो अधिवेशन सम्पन्न, श्रेष्ठ पुनः अध्यक्ष निर्वाचित

वीरगंज । नेपाल तेक्वान्दो संघ पर्साको दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले संस्थाका वर्तमान अध्यक्ष गणेशमान श्रेष्ठलाई सर्वसम्मत रूपमा पुनः अध्यक्षमा निर्वाचित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.