logo

नेपाली कांग्रेसमा बिधानको चीरहरण, भ्रष्टचारीलाई पार्टी सभापतिको जिम्मेवारी ,लोकतन्त्र प्रतिको निष्ठा देखाउने दाँत

 इसीमाना सम्वाददाता     २०८२ सावन ६ गते १०: १२ मा प्रकाशित     1119   पटक पढिएको

सर्लाही । सर्वोच्च अदालतले गत फागुन १५ गते  चार महिना १५ दिन कैद र १ करोड २३ लाख रुपैयाँ बिगो तिराउने विशेष अदालतको फैसला सदर गर्दै  निर्णय गर्यो ।

 

अन्तिम अदालतबाट भ्रष्टाचारजन्य कसुरमा  कसुरदार ठहर भएका ब्यक्ति हुन नेपाली कांग्रेस सर्लाहीका बहालवाला सभापति सुरेन्द्र प्रसाद सिंह । 

 

सिंहलाई सर्लाहीको तत्कालीन मनुस्मारा सिँचाइ आयोजना प्रथम चरणको जल उपभोक्ता समितिको अध्यक्ष रहँदा आर्थिक अनियमितता गरेको अभियोगमा विशेष अदालतले दोषी ठहर गर्दै कैद र जरिवानाको सजाय सुनाएको थियो । पछि सर्वोच्चले सिंहको अपिललाई खारेज गर्दै बिशेष अदालतकै फैसला सदर गरेको हो ।

 

नेपाली कांग्रेस लोकतन्त्रप्रति निकै ओठेभक्ति प्रर्दशन गर्ने पार्टीको हो । नीति र बिधि राम्रो लेख्ने ब्यवहार र कर्म ठिक उल्टो गर्ने उसको कार्यशैली भएको छ । 

 

 भ्रष्टाचारमा दोषी ठहर भइसकेका नेपाली कांग्रेस सर्लाहीका जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहलाई पार्टीले केन्द्रीयस्तरमै सम्मान गरेर नेपाली कांग्रेसले आफनो असली चेहरा देखाएको छ ।

 

पार्टीको विधि र नैतिकता दुवैलाई तिलाञ्जली दिँदै पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले उनलाई सानेपास्थित पार्टी कार्यालयमा सम्मान गरेका हुन् ।

 

सम्मान पत्रमा लेखिएको छ ‘नेपाली कांग्रेस केन्द्रिय कार्यालयमा आधुनिक पुस्तकालय तथा स्रोत केन्द्र संचालनार्थ पुस्तक प्रदान गर्नु भएकोमा धन्यवाद व्यक्त गर्दै यो सम्मान पत्र प्रदान गरिएको छ।’


नेपाली कांग्रसको बिधानको धारा १३ को (ङ) मा  नैतीक पता देखिने पतन देखिने अभियोगमा अन्तिम अदालतले दोषी ठहर गरेमा पार्टीको सदस्यता नरहने ब्यवस्था गरेको छ । सिंह अन्तिम अदालतबाटै दोषी ठहर भएका हुन ।

No photo description available.

नैतीक पतन देखिने फौजदारी अपराध पनि हो । स्वतः सदस्यता समाप्त भएका ब्यक्तिलाई पार्टी सभापतिले गरेको संरक्षणका कारण  नेपाली कांग्रेसको  आचरण अशुद्ध रहेको प्रष्ट पारेको हो ।


तर न्यायालयबाट दोषी ठहरिए पनि सिंह अहिलेसम्म पनि जिल्ला सभापति उनै हुन  छन्। सर्वोच्चको फैसलापछि सर्लाहीका कांग्रेस कार्यकर्ताहरूले पार्टीको केन्द्रीय नेतृत्वलाई नयाँ जिल्ला सभापति चयनको माग गर्दै बारम्बार ध्यानाकर्षण गराए ।

 

 यहाँसम्म कि सानेपामा धर्नासमेत दिएका थिए तर पार्टी केन्द्रले त्यसको सुनवाई नगरि बिधि पद्धती होइन शक्तिको छाहारीमा ओत लाग्ने सन्देश प्रवाह गरेको छ। सिंह पार्टीको सभापतिमा कायम रहनु अझ सम्मानीत हुनुले नेपाली कांग्रेस गम्भिर नैतीक संकटमा फसेको छ । 


 सम्मान कार्यक्रमले कांग्रेसको अनुशासन र आन्तरिक लोकतन्त्रमा गम्भीर प्रश्न उठाएको छ । उसको यो कदमले नेपाली कांग्रेसको प्रजातन्त्र प्रतिको आदर्श र निष्ठा हात्तीको देखाउने दाँत भएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

ठोरीका ३१ प्रतिशत विद्यार्थी १२ कक्षामा उत्तीर्ण, पालिका प्रथम बनिन सुवर्णपुरकी छात्रा चौधरी

वीरगंज। १२ कक्षको शुक्रवार प्रकाशित नतिजा अनुसार पर्साको ठोरी गाउँपालिकामा ३.६४ जिपीए अंक प्राप्त गरेर जानुका चौधरीले प्रथम स्थान हासिल गरेकी छिन ।

सेस्मी इन्टरनेशनल स्कुलका विद्यार्थीहरूद्वारा पैदलयात्रीहरुलाई सर्बत वितरण

वीरगञ्ज । वीरगञ्जको प्रगतिनगर स्थित सेस्मी इन्टरनेशनल स्कुलका विद्यार्थीहरुले शुक्रवार सडकमा हिँडिरहेका पैदलयात्रीहरूलाई चिसो सर्बत वितरण गरेका छन ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.