logo

भूमिहीनलाई जग्गा दिन नापजाँच सुरु, सखुवाप्रसौनी सामाजिक न्याय तर्फ एक कदम अगाडि

 इसीमाना सम्वाददाता     २०८२ सावन ५ गते ०५: ४३ मा प्रकाशित     1192   पटक पढिएको

वीरगंज ।  सुकुम्बासी मुक्त मुलुक बनाउने राष्ट्रिय अभियानले पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिकामा महत्वपूर्ण मोड लिएको छ।

 

भूमिहीन, दलित र अव्यवस्थित बसोबासीहरूलाई जग्गा स्वामित्व दिलाउने लक्ष्यसहित भूमि समस्या समाधान आयोग,  पर्साले वडा नं. १ मा नापजाँच कार्यको औपचारिक सुरुवात गरेको हो।

 

सर्बेक्षक नकुल पटेलको नेतृत्वमा खटिएको प्राविधिक टोलीले तीनजना अमिनसहित स्थानीय बस्तीमा नापजाँच सुरु गरेको छ।

 

आयोगका अध्यक्ष तबरेज अहमदका अनुसार, दीर्घकालीन रूपमा भूमिहीन नागरिकलाई जग्गाधनी पूर्जा वितरण गर्ने प्रक्रियामा  यो पहिलो कदम हो, जसले हजारौं नागरिकलाई स्थायी बसोबासको अधिकार सुनिश्चित गर्नेछ।

गाउँपालिका अध्यक्ष जसवन्त यादव र वडा अध्यक्ष बासुदेव महतो थारुको सक्रिय सहयोगमा यो अभियान अझ प्रभावकारी ढंगले अगाडि बढिरहेको छ।

 

अध्यक्ष यादवले सिमान्तकृत नागरिकको हितकालागि आफनो ध्यान केन्द्रीत रहेको बताए । उनले केही दिन अघिमात्र सुकुम्वासी बस्तीमा बन कार्यालयले गरेको सीमांकनका खुट्टी समेत उखालेर फालेका थिए ।

 

 उनले सर्वहारा वर्गको हित र उत्थान नै आफनो पार्टी सखुवाप्रसौनी गाउापालिकाको लक्ष्य रहेको बताए ।

 

वास्तविक भूमिहीनहरूलाई चिनेर उनीहरूलाई कानुनी स्वामित्वमा ल्याउनु हाम्रो लक्ष्य हो, अध्यक्ष अहमदले भने, यसले सामाजिक न्यायको जगमा टेकेर समावेशी र समान समाज निर्माणतर्फ टेवा पुर्‍याउनेछ।

 

नापजाँच सम्पन्न भएपछि योग्य लाभग्राहीलाई जग्गाधनी प्रमाणपत्र प्रदान गरिनेछ, जसबाट उनीहरूले बैंकिङ पहुँच, आवासीय स्थायित्व र सामाजिक सम्मान प्राप्त गर्नेछन्।

यो अभियानले न केवल भूमिहीन नागरिकहरूको जीवनमा स्थायित्व ल्याउनेछ, र जिल्लाभरी सुकुम्बासी समस्या समाधान गर्ने मार्गचित्रसमेत निर्माण गर्नेछ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.