logo

सप्तरीमा  ३ सय ८८ किलो गाँजा सहित एक महिला पक्राउ

 इसीमाना सम्वाददाता     २०८२ सावन ४ गते ०७: ३६ मा प्रकाशित     1085   पटक पढिएको

राजबिराज । सप्तरीमा प्रहरीले जना  महिलालाई  ३ सय ८८ किलोग्राम प्रतिबन्धित अबैध गाँजा सहित पक्राउ गरेको छ ।

 


सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर ३  नर्घो गाउँबाट आइतबार ३ सय ८८ किलो गाँजासहित उनलाई  प्रहरीले नियन्त्रणमा पक्राउ गरेको हो  ।


रामकेवल मण्डलको घरबाट उक्त लागूऔषध गाँजासहि उनकी  ४१ बर्षिया श्रीमती रेखा कुमारी मण्डललाई प्रहरीले पक्राउ गरेको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।  


मण्डलको घरमा लागूऔषध गाँजा लुकाई छिपाइ राखेको गोप्य सूचनाको आधारमा सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको सयुक्त टोलीले घरको खानतलासी गरी उक्त लागूऔषध गाँजा बरामद गरेको हो ।


मण्डलको निर्माणाधीन शचालयबाट २ बोरा, गोठबाट १ बोरा,र घर नजिकको बाँसको झ्याङबाट ९ बोरा गरि १२ वटा बोरामा लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले ३ सय ८८ किलो ७ सय ३० ग्राम लागूऔषध गाँजा जस्तो देखिने बस्तुसहित मण्डललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 


बरामद गाँजा र पक्राउ परेकी मण्डललाई ईलाका प्रहरी कार्यालय कल्याणपुरको नियन्त्रणमा राखी अनुसन्धान अगाडि बढाइएको  बस्नेतले जानकारी दिए ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.