खाद्य संस्थान जनकपुरलाई धान नबेचेका किसनले गहुँ पनि बिक्री गरेनन्
इसीमाना सम्वाददाता
२०८२ सावन ३२ गते ०२: ०७ मा प्रकाशित
596 पटक पढिएको
जनकपुरधाम । संघीय सरकारको स्वमित्वमा रहेको खाद्य संस्थानलाई किसानले गहु नबेच्ने भएका छन । बजार मूल्यभन्दा कम रकम पाउने भएपछि किसानले खाद्य संस्थान जनकपुरलाई गहुँ नबेच्ने भएका हुन ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय जनकपुरधामले गहुँ खरिदका लागि बजारभन्दा सस्तो मूल्य तोकेकाले किसानले कार्यालयलाई गहुँ बिक्री नगरेका हुन् ।
सरकारले प्रतिक्विन्टल ३ हजार ८ सय ६७ रुपैयाँ ३८ पैसाका दरले खरिद गर्नेगरी तोकेको समर्थन मूल्यका आधारमा गहुँ खरिद प्रक्रिया अगाडि बढाइएको थियो ।
जनकपुरसहितका बजारमा ४ हजार ४ सय प्रतिक्विन्टल गहुँ बिक्री हुने भएपछि किसान रोजाईमा खाद्य संस्थान परेको छैन । उनीहरुले निजी क्षेत्रका व्यवसायीलाई गहुँ बेचिरहेका छन ।
कार्यालयका प्रमुख निर्मल थापाले किसानले बजारभन्दा यहाँको खरिद मूल्य निर्धारण सस्तो भएकाले उत्पादित गहुँ खाद्य संस्थानलाई नबेचेको बताए ।
धनुषा र महोत्तरीका किसानबाट यस वर्ष २ हजार ५ सय क्विन्टल गहँु खरिद गर्ने संस्थानको लक्ष्य छ ।
कार्यालयको हाताभित्र गहुँ खरिदका लागि निःशुल्क काँटा सञ्चालन गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय जनकपुरधामले जनाएको छ ।
यसैबीच कार्यालयले चालु आवमा लक्ष्यको तुलनामा धान खरिद पनि कम भएको जनाएको छ । ३२ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य रहेकामा ५ हजार ३ सय ४६ क्विन्टल मात्र खरिद गरिएको कार्यालयका प्रमसख थापाले जानकारी दिए ।
तपाईं हामीसंग फेसबुक र ट्वीटर
मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।
वीरगन्ज १२ । वीरगन्जको बहुवरी क्षेत्रबाट एक गर्भवती महिलाको उद्दार गरिएको छ। शनिबार राति नाम–थर बताउन नसक्ने अवस्थामा भेटिएकी ती महिलालाई मानव सेवा आश्रम वीरगन्जले सुरक्षित राखेको छ।
वीरगंज । नेपाल तेक्वान्दो संघ पर्साको दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले संस्थाका वर्तमान अध्यक्ष गणेशमान श्रेष्ठलाई सर्वसम्मत रूपमा पुनः अध्यक्षमा निर्वाचित गरेको छ।
तपाईको प्रतिक्रिया