काठमाडौं । राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त भएकी छन्।
राष्ट्रिय सभामा नेकपा एमाले संसदीय दलको प्रमुख सचेतक रहेकी न्यौपानेलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त गरेका हुन्।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रहेका राजकुमार गुप्ताले घुस प्रकरणमा मंगलबार राजीनामा दिएलगत्तै प्रधानमन्त्री ओलीले न्यौपानेलाई उक्त मन्त्रालय जिम्मा लगाएका हुन्।
उनी अनेरास्ववियुको विद्यार्थी राजनीतिबाट उदायकी हुन् । अनेम संघ तनहुँको सचिव हुँदै दुई कार्यकाल अध्यक्ष बनिन् । तनहुँ एमालेको जिल्ला सचिव निर्वाह गरेकी न्यौपाने राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिको सदस्यसमेत हुन् ।
न्यौपाने २०७४ सालको स्थानीय तह चुनावमा तनहुँको भानु नगरपालिकाको मेयरमा पराजित भएकी थिइन् ।
तपाईको प्रतिक्रिया