logo

भानु जयन्तीकाे अवसरमा साहित्यकार लाठ र अधिकारीका कृति पुरस्कृत

 ईसिमाना सम्वाददाता     २०८२ असार २९ गते ०४: ३८ मा प्रकाशित     369   पटक पढिएको

,वीरगञ्ज । नारायणी वाङ्गमय प्रतिष्ठान, वीरगञ्ज पर्साको आयोजनामा आज आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्ती विविध साहित्यिक कार्यक्रमसहित भव्यताका साथ मनाइएको छ। 

 कार्यक्रमको शुभारम्भ वीरगञ्ज बसपार्कमा अवस्थित आदिकवि भानुभक्त आचार्यको शालिकमा माल्यार्पण गरी गरिएको थियो।

 

 त्यसलगत्तै, वीरगञ्ज पब्लिक कलेजको नयाँ भवनमा वाङ्गमय सम्मान, पुरस्कार वितरण र कवि गोष्ठी आयोजना गरियो।

 

 नारायणी वाङ्गमय प्रतिष्ठानकी  कोषाध्यक्ष कविता खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख मेयर राजेशमान सिंह प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

 

विशिष्ट अतिथिहरूमा वरिष्ठ पत्रकार जगदीश प्रसाद शर्मा, नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा संयाेजक के.सी.लामिछाने उधाेग  वाणिज्य संघका अध्यक्ष हरी गौतम, साहित्यकार गणेश लाठ, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओम प्रकाश खनाल, मधेस प्रदेश महासंघका शयाम बन्जारा मानवसेवा आश्रमका संस्थापक सदस्य देवेश गुप्ता, रामनारायण कुर्मी, सुशिला शाह, सलमा खातुन लगायतको उपस्थिति थियो। 

 

प्रमुख अतिथि मेयर राजेशमान सिंहले आदिकवि भानुभक्त आचार्यलाई नेपाली भाषाको शिल्पी मात्र नभई नेपाली पहिचानको मेरुदण्डका रूपमा चित्रण गरे।

 

 उनले भने, “आजको दिन साहित्य, भाषा र संस्कृतिप्रतिको हाम्रो कर्तव्य सम्झनको दिन हो। वीरगञ्जमा यस्ता कार्यक्रमहरू हुनुले यो शहरको सांस्कृतिक चेतना र साहित्यिक सक्रियता झल्काउँछ।“

 

 

 विभिन्न व्यक्तित्व सम्मानित कार्यक्रममा वीरगञ्जका पुराना तथा वरिष्ठ पत्रकार जगदीश प्रसाद शर्मालाई दोसल्ला र प्रशंसा पत्रद्वारा सम्मान गरियो।

 

त्यसैगरी, साहित्यकार गणेश लाठ र राम प्रसाद अधिकारीलाई पनि दोसल्ला, प्रशंसा पत्र र रु. १२,५०० नगदसहित सम्मान गरिएको थियो।

 

प्रतिष्ठानका सदस्य सुर्यानारायण विकले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन गीता भण्डारीले गरेकी थिइन्।

 

 गौतम माध्यमिक विद्यालय, नवदिप एकेडेमी र सिद्धार्थ माध्यमिक विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुतिमार्फत अतिथिहरूको स्वागत गरे।

 

 

आयोजना गरिएको प्रतियोगितामा गौतम माध्यमिक विद्यालयका विद्यार्थी क्रिस्टिना कर्ण पहिलो र नारायण माझी दोस्रो भए भने नवदिप एकेडेमीका अरुण यादव तेस्रो स्थान हासिल गरे।

 

 कार्यक्रममा वीरगञ्जका विभिन्न मिडिया प्रतिनिधि, साहित्यप्रेमी तथा समाजसेवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

वीरगन्जमा गर्भवती महिला उद्दार, अस्पतालमा उपचार सुरु

वीरगन्ज १२ । वीरगन्जको बहुवरी क्षेत्रबाट एक गर्भवती महिलाको उद्दार गरिएको छ। शनिबार राति नाम–थर बताउन नसक्ने अवस्थामा भेटिएकी ती महिलालाई मानव सेवा आश्रम वीरगन्जले सुरक्षित राखेको छ।

सर्लाहीमा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

बरहथवा  ।  सर्लाहीमा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवाको मृत्यु भएको छ भने, अर्का एक जना गम्भीर घाइते भएका छन् ।

खेलकुद

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।

नेपाल तेक्वान्दो संघको दोस्रो अधिवेशन सम्पन्न, श्रेष्ठ पुनः अध्यक्ष निर्वाचित

वीरगंज । नेपाल तेक्वान्दो संघ पर्साको दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले संस्थाका वर्तमान अध्यक्ष गणेशमान श्रेष्ठलाई सर्वसम्मत रूपमा पुनः अध्यक्षमा निर्वाचित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.