logo

पानीको समस्याको हल खोज्न“घरदैलो” गरेर नाटक गरिदैछः नेता रुङ्गटा

 इसीमाना सम्वाददाता     २०८२ असार २८ गते ०१: ४० मा प्रकाशित     1867   पटक पढिएको

वीरगंज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं संविधान सभाका सदस्य अनिल  रुङ्गटाले  अहिले देखिएको पानी समस्याको हल खोज्नकालागि प्रभावकारी काम नभएको बताएका छन ।

 

नेपाली कांग्रेसले वीरगंज महानगरको वडा नं २१ को परवानीपुरमा आयोजीत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन ।

 

उनले तीन वर्ष देखीको पानीको समस्याको हल खोज्न अहिले घरआँगनमा “देउसी भैलो” खेलेर नहुने प्रष्ट पारेका छन । उनले मन्त्री महानगर प्रमुखले पानीको समस्याको हल खोज्न ६ महिना अगाडिबाट तयारी गर्नु पर्नेमा अहिले घर घर घुमेर नाटक र नौटंकी मात्र भइरहेको ठोकुवा गरेका छन ।

May be an image of one or more people

उनले बहुरुपीयाहरुबाट नागरिकले राहत पाउन नसक्ने बताए । उनले महानगरका उपमेयर इम्तीयाज आलामलाई पानीको समस्या हल गर्न पहिलो प्रथामिकतामा राखेर काम गर्न सार्वजनीक रुपमै निर्देशन दिए ।

 

उनले खाना पकाउन पनि १ घण्टा जती लाग्ने उदाहरण दिदै अहिले छलफलको आयोजना गरेर पानीको समस्या हल नहुने बताए । उनले जनताको आवश्यकताको पहिचान गरेर त्यसको हल खोज्न नसक्ने राजनीति जनताको राजनीति नभएको बताए ।

 

आउने चुनावलाई समेत “अर्जुन दृष्टि” बनाएर पार्टी काममा आधारभूत तहमा पुगेका नेता रुङ्गटाले नेपाली कांग्रेसले मात्र मुलुकको बिकास गर्ने बताए ।  

 

नेपाली कांग्रेस पुरानो पार्टी र आधुनिक पार्टी पनि हो नेपाली जनताको  र बिदेशीहरुको बिश्वास पनि नेपाली कांग्रेसलाई छ त्यस कारण पनि बिकास र समृद्धीकोलागि नेपाली कांग्रेसको बिकल्प नभएको उनले बताए ।

 

 नेता रुङ्गटाले अनुभव र जोशले भरिपूर्ण कांग्रेसले मात्र जनअपेक्षा पुरा गर्ने बताए । नेता रुङ्गटाले हरेक वार्डमा पाटीृको अभियानलाई संचालन गरिने र धेरै साथीहरु पार्टीमा जोडिन तयार रहेको जानकारी दिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

तीन महिनामा प्रेस स्वतन्त्रता  हननका  ५९ घटना सार्वजनीक

काठमाडौँ । तीन महिनाको अवधिमा प्रेस स्वतन्त्रता हननका ५९ घटना भएका प्रेस काउन्सिल नेपालले जनाएको छ ।

जेनजी आन्दोलनका क्रममा फरार कैदी वीरगंजबाट पक्राउ

वीरगंज । जेनजी  आन्दोलनका क्रममा केन्द्रिय कारागार जगन्नाथदेवल, काठमाडौंबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका कैदी वीरगंजबाट पक्राउ परेका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.