logo

आर्थिक वर्षको अन्तिम दिन, जाग्राम बसेर कार्यालय चल्दै,आज १ खर्व ९५ अर्व भूक्तानी दिनु पर्ने

 इसीमाना सम्वाददाता     २०८२ असार २५ गते १२: ३८ मा प्रकाशित     70   पटक पढिएको

काठमाडौं । आज बुधबार (असार २५) आर्थिक वर्ष २०८१/८२ मा हुने सरकारी खर्चका लागि भुक्तानी गर्ने अन्तिम दिन रहेको छ।

असार २४ गतेसम्म १४ खर्ब ६६ अर्ब ५८ करोड रुपैयाँ खर्च भइसकेको छ, जुन कुल लक्ष्यको ७८.८४ प्रतिशत मात्र हो।

 

संशोधित खर्च लक्ष्य पुरा गर्न असार २५ गते भित्र( आजको दिन भरी राती १२ बजे सम्ममा ।  थप १ खर्ब ९५ अर्ब ७९ करोड रुपैयाँ बराबरको भुक्तानी दिनुपर्ने देखिन्छ।

 

अहिले बिकासे कार्यालयहरु दिनरात नभनी भूक्तानीकालागि कागजपत्र तयारीमा ब्यस्त छन । त्यसकालागि रात्रीकालीन समयमा पनि संचालनमा आएका छन ।

 

काम गर्नु पर्दा ध्यान नदिनेहरु भूक्तानीकालागि जालझेल गर्न भने रात समेत नभन्ने भएका भन्दै देशब्यापी रुपमा यो प्रवृतिको आलोचना भएको छ । 

योमध्ये ४५ अर्ब ४७ करोड चालू खर्च, १ खर्ब ७ अर्ब २५ करोड पुँजीगत खर्च र ४२ अर्ब ५० करोड वित्तीय व्यवस्थातर्फ खर्च गर्नु पर्नेछ।

महालेखा नियन्त्रक कार्यालयले असार २५ पछि कुनै नयाँ चेक जारी गर्न निषेध गरेपछि, चालु वर्षमा भएका अत्यावश्यक बाहेकका सबै खर्च आजभित्रै भुक्तानी गरिसक्नु पर्छ।


सरकारी तथ्यांकअनुसार असार २४ गते  सम्म सरकारको कुल खर्च ७८/८४ प्रतिशतमा सीमित छ। चालु आर्थिक वर्षमा सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको थियो।

 

यसमा चालू खर्चतर्फ ११ खर्ब ४० अर्ब, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब २८ करोड रुपैयाँ छुट्याइएको थियो।

तर, संशोधित अनुमान अनुसार सरकारले १६ खर्ब ६२ अर्ब ३७ करोड रुपैयाँ खर्च हुने आँकलन गरेको छ। 


यसमध्ये चालुतर्फ ९ खर्ब ६४ अर्ब १ करोड, पुँजीगततर्फ १ खर्ब ८६ अर्ब ६१ करोड र वित्तीय व्यवस्थातर्फ ३ खर्ब १५ अर्ब ९६ करोड रुपैयाँ रहेको छ । यो क्रमशः ८४.५१ प्रतिशत, ५२.९६ प्रतिशत र ८६.०३ प्रतिशत बराबर हो ।

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

वीरगंजमा पानी संकट, सडकमा जनमत, मुख्यमन्त्री कार्यालयसमेत घेराउ गर्ने चेतावनी

वीरगन्ज । वीरगन्ज र यसका आसपासका क्षेत्रहरूमा खानेपानीको चरम संकट उत्पन्न भएको छ।

आर्थिक वर्षको अन्तिम दिन, जाग्राम बसेर कार्यालय चल्दै,आज १ खर्व ९५ अर्व भूक्तानी दिनु पर्ने

काठमाडौं । आज बुधबार (असार २५) आर्थिक वर्ष २०८१÷८२ मा हुने सरकारी खर्चका लागि भुक्तानी गर्ने अन्तिम दिन रहेको छ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.