logo

स्वास्थ्य कार्यालय पर्साका अधिकृत ठाकुर रिहा ,पत्रकार र ठाकुरबीच सहमति

 इसीमाना सम्वाददाता     २०८२ असार २४ गते ०४: १३ मा प्रकाशित     559   पटक पढिएको

वीरगन्ज । पत्रकारसँगको दुर्व्यवहार प्रकरणमा पक्राउ परेका स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुर आज जिल्ला प्रहरी कार्यालय पर्साबाट रिहा भएका छन्।

 

पत्रकार र ठाकुरबीच आगामी दिनमा यस्तो गल्ती नदोहोर्‍याउने सहमति भएपछि यो विवाद टुंगिएको हो।

 

घटना आइतबार वीरगन्जको क्लासिक ब्यान्क्वेटमा भएको थियो। रिपोर्टिङका लागि पुगेका पत्रकारहरू सन्तोषकुमार कुशवाहा, आरोहणकुमार साह, राजु बैठा, राकेशकुमार साह, अर्जुन चौधरी र आनन्दकुमार पटेललाई स्वास्थ्य अधिकृत ठाकुरले अपशब्द प्रयोग गर्दै दुर्व्यवहार गरेको आरोप लागेको थियो।

 

यो घटनाले पत्रकार समुदायमा आक्रोश बढेको थियो। पत्रकारहरूले आइतबार नै ठाकुरविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा अभद्र व्यवहारको उजुरी दर्ता गरेका थिए। उजुरीपछि प्रहरीले ठाकुरलाई छलफलका लागि बोलायो। सुरुको छलफल निष्कर्षविहीन भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।

 

प्रहरी हिरासतमा रहँदा स्वास्थ्यमा समस्या देखिएपछि ठाकुरलाई नारायणी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। स्वास्थ्यमा सुधार आएपछि पुनः जिल्ला प्रहरी कार्यालयमा राखियो। मंगलबार जिल्ला प्रहरी कार्यालयमा भएको छलफलमा दुवै पक्षबीच सहमति जुटेको छ।

 

सहमतिअनुसार, ठाकुरले पत्रकारहरूको फुटेको मोबाइल मर्मत गरिदिने र हराएको मोबाइल नयाँ किनिदिने भएका छन्। उनले आफ्नो गल्ती स्वीकार गर्दै क्षमायाचना पनि गरेका छन्। पत्रकारहरूले उनको माफी स्वीकार गर्दै आपसी समझदारीमा मिलापत्र गरी विवाद अन्त्य गरेका छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

उदाउदो सूर्यलाई अर्घदिने दिनमा मधेश प्रदेश सरकारले दियो बिदा

वीरगंज । मधेश प्रदेश सरकारले छठ पर्वको अवसरमा थप एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

नेपाल संवत् ११४६, वीरगञ्जदेखि ठोरीसम्म नेवा समुदायको उल्लासपूर्ण उत्स

वीरगञ्ज ।  नेपाल संवत् ११४६ को शुभारम्भ अवसरमा देशभर नेवा समुदायले उल्लासपूर्वक नयाँ वर्ष मनाएका छन्। वीरगञ्ज र ठोरीमा आयोजित विशेष कार्यक्रमहरूले स्थानीय सांस्कृतिक विविधता र राष्ट्रिय एकताको सन्देश प्रसारित गरेका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.