logo

ढाँटेको कुरा काटे मिल्दैन, आलोचना बढ्दै गएपछि मन्त्री लेखीे झूठको खेती गर्दै

 इसीमाना सम्वाददाता     २०८२ असार २४ गते ११: ३३ मा प्रकाशित     1096   पटक पढिएको

वीरगंज । नेकपा एमालेका केन्द्रीय सदस्य मधेश सरकारका गृह संचार तथा कानून मन्त्री राजकुमार लेखी यतिवेला झूठको खेतीमा ब्यस्त छन ।


उनले आफू एमालेको पुरानो कार्यकर्ता भएको भन्दै झुठ प्रचारमा लागेका हुन ।
 
नेकपा एमाले भित्र पार्टीले स्थापित गरेको कार्यशैली , बैधानिक प्रक्रिया र संस्थागत आवद्धताको खिलाफमा गएपछि पार्टी भित्र उनको आलोचना बढेर गएको छ ।

 

कार्यकर्ता पंक्तिबाट मधेशकेन्द्रीत दल छाडेर एमाले प्रवेश गरेका थारु कम्युनिष्ट कार्यशैलीमा रुपान्तरण हुन नचाहेको टिप्पणी हुन थालेको छ ।

 

उनले सम्हालेको  मन्त्रालयबाट सम्पादित हुनु पर्ने कुनैपनि काम संस्थागत नभएपछि उनको कार्यशैली र आचरण कम्युनिष्ट संस्कृति अनुरुपको नभएको भन्दै आलोचना बढेको हो ।

 

उनको निर्वाचन क्षेत्रमै पनि उनका बिरुद्ध तिब्र ध्रुविकरण छ । उनले निकै झूठो  बोल्ने गरेको उनकै निर्वाचन क्षेत्रका एमालेका जिम्मेवार कार्यकर्ताले बताएका छन ।

 

शनिवार सप्तरीको कञ्चनरुप नगरपालिकामा मुस्लिम समुदायले उनको स्वागतमा आयोजना गरेको कार्यक्रममा उनले पहिलो संधिान सभा बिघठन भएको भोलीपल्ट एमाले परित्याग गरेको स्मरण गरे । तर उनले चार पाँच पार्टी घुमेर एमालेमा नर्फिकएको दावी गरे ।

 

उनी एमाले परित्याग गरेको एक दशक पछि ५५ जना कार्यकर्ता लिएर एमाले फर्किए । यो वीचमा उनले पार्टी पनि बनाए तर २०७५ बैशाख ५ गते राजेन्द्र महतोले नेतृत्व गरेको पार्टीमा प्रवेश गरे ।

 

त्यसपछि उनी राजपा, जसपा र अन्तिममा लोसपाबाट एमालेमा प्रवेश गरेको तथ्यलाई तोडमोड गरेर एक दशकको आफनो एमालेलाई कमजोर तहस नहस बनाउन लागेको राजनीतिक यात्राका बारेमा बताउन चाहेनन  । 

 

यो वीचमा उनले मधेश प्रदेशको नीति आयोगको सदस्य भएर राज्यको स्रोत र साधनको दोहन पनि गरे । एमालेलाई हराउन चुनाव पनि लडे तर आफैं हारे ।

 

 एमाले प्रवेश गरेपछि चुनाव जितेका लेखी अहिले मन्त्री भएर मनलाग्दी गरिरहेका छन । उनले नेकपा एमालेको जनसंगठनलाई राम्रो देख्दैनन । प्रेस चौतारीको भूमिकालाई गौण बनाउने शपथ लिए झै उनले काम गरेका छन ।

 

प्रेस चौतारी नेपालले उनको कार्यशैलीको खरो आलोचना गरकै छ र त उनी सार्वजनीक कार्यक्रमहरुमा पनि मन्त्री पदको मर्यादा बिर्सिएर प्रेस चौतारी नेपाल बिरुद्ध पनि टिप्ण्णी गरिरहेका हुन्छन ।

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.