वीरगंज । नेकपा एमाले मधेश प्रदेश संसदीय दलको उपनेतामा महमद समीरलाई नियुक्त गरेको छ ।
मधेश प्रदेशका संसदीय दलका नेता सरोज यादवले नेता समिरलाई दलको उनेतामा चयन गरेको जानकारी दिएका हुन ।
बारा जिल्लाका चर्चित प्रभावशाली युवा नेता प्रदेश सांसद महमद समीर बाराको निर्वाचन क्षेत्र नं ३ को प्रदेश सभा “ख”बाट निर्वाचित भएका हुन ।
पार्टी बिधि पद्धतीको आधारमा परिचालीत हुन पर्ने मत राख्ने समिर दलको उपनेतामा चयन पछि संसदीय दलको कार्य प्रणाली प्रभावकारी रुपमा सम्पादन हुने बिश्वास गरिएको छ ।
तपाईको प्रतिक्रिया