logo

महासेठ दम्पती पत्रकार सामु, भने जनकपुरको बिकासका बाधक नीधि हुन

 इसीमाना सम्वाददाता     २०८२ असार २२ गते १२: ३६ मा प्रकाशित     1168   पटक पढिएको

जनकपुरधाम ।नेकपा एमालेका सचिव बिदेश बिभाग प्रमुख एवं पूर्व उपप्रधानमन्त्री रघुविर महासेठले नेपाली कांग्रेसका नेता बिमलेन्द्र नीधि बिकास बिरोधी भएको बताएका छन । 

 


महासेठले आइतवार जनकपुरमा पत्रका सम्मेलन मार्फत यस्तो कडा टिप्पणी गरेका हुन । नेपाली कांग्रेसका नेता नीधिले शनिवार जनकपुरमा पत्रकार सम्मेलनको आयोजना गरि नेकपा एमालेका नेताद्वय रघुवीर महासेठ र जुली महासेठका कारणराजर्षि जनक विश्वविद्यालयको प्रशासनिक भवन फुलगामास्थित मनियारीवाट सारेर अन्यत्र लग्न लागेको आरोप लगाएका थिए ।

May be an image of 12 people, dais and text


थिए आरोपका प्रतिउत्तरमा महासेठ दम्पतीले नै पत्रकार सम्मेलनबाट नीधिको बिकास बिरोधी कामबाट जनकपुरले आधुनिक जनकपुर बन्न नपाएको बताए । 

 

नेता महासेठले पटकपटक विकास विरोधि काम गर्ने र अरुमाथि आरोप लगाउनु नीधिको काम लाजास्पद रहेको टिप्पणी गरे । उनले जनकपुरधामको फोहर मैला व्यवस्थापन हुन नसक्नुदेखि लिएर दुर्गानन्द झाको नाममा स्मृति भवनसमेत निर्माण नगरी एमालेलाई बिकास बिरोधि भन्नू गलत रहेको बताए ।

उनले जनकपुरधामस्थित गंगा सागरको डिलमा करिब एक कठ्ठा जग्गामा स्वर्गीय रामनारायण मिश्रको स्मृति भवन बनाउने, दुर्गानन्द झाको जटहीमा बन्न लागेको स्मृति भवनको विरोध गर्ने र गराउने नेता निधि नै रहेको दाबी गरे ।

 

राजर्षि जनक विश्वविद्यालय नेता निधिले मात्रै नल्याएको दाबी गर्दै उनले नेता निधिले आफ्नो वाहवाहीका लागि झुटो बोलेको आरोप लगाए । प्रशासनिक भवन फुलगामाको मनियारीमा बनोस वा अन्य ठाउँमा तर बन्नुपर्ने उनको तर्क थियो ।

 


नेता निधिले हिजोको पत्रकार सम्मेलनमा धनुषा निर्वाचन क्षेत्र नम्वर ३ र ४ वाट बिजयी प्रतिनिधिसभा सदस्यहरु राजर्षि जनक विश्वविद्यालयको प्रशासनिक भवन फुलगामास्थित मनियारीवाट सारेर अन्यत्र लग्न लागेको आरोप लगाएका थिए ।

तर, नेता महासेठले विश्वविद्यालय सम्पूर्ण मिथिला मधेशबासीको परिकल्पना रहेका कारण आफुले त्यस्तो सोच नराखेको स्पष्ट पारे ।

May be an image of 5 people and text

 त्यस्तै एमालेकी पोलिट्व्युरो सदस्य जुलीकुमारी महतोले नेता निधिले महिला सांसद भनेर गरेको टिप्पणी प्रति आक्रोश पोखिन् ।

 

उनले आफूलाई महिला सांसद भन्दै निधिले कामकाजको वातावरण बिगारेर केही गर्न नसकेको आफू बिरुद्ध प्रचारप्रसारमा लागेको बताइन् ।

 

पत्रकार सम्मेलन प्रेस चौतारी नेपाल धनुषाका अध्यक्ष नविन प्रियदर्शीको अध्यक्षतामा भएको थियो । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.