logo

संचारमन्त्री लेखीलाई पदीय मर्यादामा बसेर अभिब्यक्ति दिन पत्रकार महासंघ मधेशको सुझाव

 इसीमाना सम्वाददाता     २०८२ असार २२ गते ११: ३५ मा प्रकाशित     1182   पटक पढिएको

वीरगंज । नेपाल पत्रकार महासंघ मधेश प्रदेशले मधेश सरकारका गृह, संचार तथा कानून मन्त्री राजकुमार लेखीका हालैका अभिब्यक्तिप्रति गम्भिर असहमती प्रकट गरेको छ ।

 

 

मन्त्री लेखीले हालै नेपाल पत्रकार महासंघका “केही पदाधिकारी” भन्दै  अपत्तीजनक अभिब्यक्ति दिएका थिए । महासंघको शनिवार जनकपुरस्थित कार्यालयमा बसेको बैठकले मन्त्री लेखीलाई मन्त्रीको मर्यादामा बसेर आफना अभिबयक्ति दिन भनेको छ ।

 

 

पदीय मर्यादामा बसेर जिम्मेवार जवाफदेहीपूर्ण अभिब्यक्ति नदिएका मन्त्रीलाई महासंघले गैर जिम्मेवार अभिब्यक्ति फिर्ता लिन समेत सुझाव दिएको छ । मन्त्री लेखीले पत्रकार महासंघ भित्र “फूटाउ र शासन गर” भन्ने षडयन्त्रकारी सिद्धान्त अनुरुप ब्यवहार गर्न खोजेको प्रति सचेत रहन पत्रकार नेताहरुले अपिल समेत गरेका छन । 

 


महासंघले प्रदेश सरकारले बजेट मार्फत रेडियो र टेलिभिजन संचालनकालागि बजेट बिनियोजन गरेकोमा समेत अपत्ती जनाएको छ । राज्य नियन्त्रित संचारमाध्यमको संचालनले सूचनाको निष्पक्षता हराउने छ,आलोचनात्मक पत्रकारिता समाप्त हुने छ,प्रचारमुखी शासनको सम्भावना बढ्छ ,वैकल्पिक आवाज दबिने सम्भावना हुन्छ  ,चुनावी पारदर्शितामा असर पर्छ  रसत्ता र सञ्चारबीचको अस्वस्थ सम्बन्ध झन बढेर जादा लोकतन्त्र कमजोर हुने भएकोले मधेश सरकारलाई संचार माध्य संचालनको मोह त्याग्न महासंघले भनेको छ ।

 

 महासंघले स्वतन्त्र संचार संस्थाहरुको प्रर्वद्धन र सम्वर्धनमा ध्यान दिन सरकारलाई आग्रह गरेको छ ।


महासंघले सदस्यता नविकरण गर्दा फौजदारी अभियोगमा दोषी ठहर भएका आफना सदस्यहरुको सदस्यता निलम्बन गर्न शाखाहरुलाई निर्देश गरेको छ ।

 

महासंघले  कार्यालय संचालनकालागि भौतीक पूर्वाधारमा सहयोग गर्र्ने भंगाह नगरपालिका र जनकपुर उपमहानगरपालिकालाई धन्यवाद ज्ञापन गरेको छ ।

 

नेपाल पत्रकार महासंघका  मधेश प्रदेश अध्यक्ष श्याम बन्जारको अध्यक्षतामा भएको बैठकमा नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहाल, केन्द्रीय लेखा समितिका संयोजक के.सी.लामिछाने , केन्द्रीय सदस्य राजेश कर्ण, राजु बिश्वकर्मा, सप्तरी महासंघका अध्यक्ष श्रवण देव सहित कार्यसमितिका पदाधिकारी सदस्यहरुको सहभागिता रहेको थियो ।

 

No photo description available.

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पत्रकारद्वय गुप्ता र सर्राफलाई साधारण तारेखमा रिहा गर्न पर्सा जिल्ला अदालतको आदेश

वीरगञ्ज । पत्रकार राहुल गुप्ता र श्याम सर्राफ पर्सा जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन । उनीहरु बिरुद्ध पर्सा क्षेत्र नं १ का साँसद बुद्धिप्रसाद पन्तले बिधुतीय कारोवार ऐन अन्र्तगत मुद्धा  गरेका थिए ।

सात विश्व कीर्तिमान बनाएका डा.आशिश विष्ट देशको सेवा गर्न भन्दै नेपाल फर्किए

काठमाडौं । डा.आशिष विष्टले आफूले विश्वस्तरमा सात वटा शैक्षिक कीर्तिमान तथा ४ वटा ग्लोबल उपाधि हासिल गरेको प्रमाणहरु सार्वजनिक गरेका छन् ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.