logo

मधेशमा सरकारको नेतृत्व गर्ने दल नै बजेटबाट छैन सन्तुष्ट, सहयात्री दललाई लगायो गम्भिर आरोप

 इसीमाना सम्वाददाता     २०८२ असार १२ गते ०६: ५५ मा प्रकाशित     817   पटक पढिएको

जनकपुरधाम ।सरकारलाई नेतृत्व प्रदान गरिरहेको जनमत पार्टीले मधेश सरकारको बजेटका बिषयमा आफनो गम्भिर असहमती जाहेर गरेको छ । 

 मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२र८३ को बजेटलाई लिएर सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीले गम्भीर असन्तुष्टि जनाएको हो।

बिहीबार बसेको जनमत पार्टी संसदीय दलको बैठकले बजेटमा आफ्ना सिफारिस गरिएका योजनाहरू कटौती गरिएको भन्दै तीन महत्त्वपूर्ण निर्णय गरेको छ।

संसदीय दलका नेता महेशप्रसाद यादवले सरकारले सार्वजनिक गरेको वार्षिक कार्यक्रम पुस्तिका (रेडबुक)मा जनमत पार्टीका मन्त्री तथा नेताहरूले प्रस्ताव गरेका महत्त्वपूर्ण योजनाहरू समावेश नगरिएकोमा बैठकले कडा आपत्ति जनाएको बताए। उनले यो  विषयलाई पार्टी केन्द्रीय नेतृत्व समक्ष लैजाने निर्णय भएको बताए।

 

जनमत पार्टीले बजेटमा व्यापक फेरबदल भएको आरोप लगाउँदै त्यसको प्रत्यक्ष जिम्मेवारी सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेलाई दिएको छ।

 

‘हाम्रो सिफारिसका योजना हटाइएका छन्, बजेटको प्राथमिकता हाम्रो सरोकार विपरीत छ,’ यादवले स्पष्ट पारे। यसले गठबन्धनभित्रै बजेट विनियोजनलाई लिएर ठूलो खटपट सुरु भएको संकेत दिएको छ।

 

संसदीय दलको बैठकले प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको विषयमा पनि कडा आपत्ति जनाएको छ। यस सम्बन्धमा प्रदेशसभा सचिवालयलाई औपचारिक पत्र पठाउने निर्णय गरिएको छ।

 

यसका साथै, बजेटलाई जनमत पार्टीका प्राथमिकताअनुसार संशोधन गर्नुपर्ने प्रमुख माग पनि बैठकले अगाडि सारेको छ।

मधेश प्रदेश सरकारको नेतृत्व जनमत पार्टीका सतीशकुमार सिंहले गरे पनि अर्थ मन्त्रालय नेपाली कांग्रेसका सुनीलकुमार यादवको हातमा छ। 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.