logo

पार्टीको वैचारिक बहस, आन्दोलन र नीति निर्माणमा चासो देखाउन एमाले महासचिव पोख्रेलको आग्रह

 इसीमाना सम्वाददाता     २०८२ असार १२ गते ०५: ४८ मा प्रकाशित     615   पटक पढिएको

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको समृद्धि, राष्ट्रिय स्वाधीनता र युवाको भविष्यकालागि एमालेले विगतका कुनै पनि शासकले कल्पनासमेत नगरेको काम गरेर देखाएको दाबी गरेका छन। 

 


बिहीबार नेकपा एमाले काठमाडौं जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले एमालेले देश बनाउन सक्छ भन्ने सन्देश दिएको बताए ।

 

उनले भने  ‘देश बनाउन सक्छ एमालेले भन्ने सन्देश हामीले पुष्टि गरेका छौँ, एमाले कुरा मात्र होइन, कामद्वारा आफूलाई प्रमाणित गर्दछ, विगतका शासकको दिमागमा नचढ्ने काम हामीले गर्न सफल भएका छौँ ।’ 

 


एमालेको नेतृत्वमा रहेको सरकारद्वारा ग्यास, फलामजस्ता खानीको पहिचान, पूर्वाधार निर्माणको थालनी र दिगो आर्थिक रूपान्तरणको खाका कोरेर नयाँ युगको सुरुआत गरेको उनले दाबी गरे । यी विषय विगतका शासकले कल्पना पनि नगरेका विषय भएको उको भनाईछ  । 


महासचिव पोखरेलले विशेष रूपमा नेपाली युवा विदेश पलायनको बढ्दो दरप्रति चिन्ता व्यक्त गरे । नेपाली युवाहरू केवल बाध्यताले मात्र नभई परम्परागत ‘लाहुरे संस्कृति’को प्रभावले पनि विदेश जाने गरेका उनले बताए छ ।   


उनले समस्याको समाधान केवल नारा र भावना होइन, राज्य, राजनीति र समाजसँग नयाँ पुस्तालाई अर्थपूर्ण ढङ्गले जोड्न सकिएको खण्डमा मात्र सम्भव हुने स्पष्ट पारे ।

 

त्यसैले अहिलेको सरकारको बजेट तथा कार्यक्रममा यो कुरामा ध्यान दिइएको उनले बताए । ‘सरकारको नीति, कार्यक्रम र बजेटले नयाँ पुस्तालाई नेपालमै अवसर दिने, स्वरोजगार र उत्पादनसँग जोड्ने दिशामा अघि बढेको छ’, उनले भने  । 


बजेटले रोजगारी सिर्जना, स्टार्टअप प्रवर्द्धन, कृषिको आधुनिकीकरण, उद्यमशीलता र पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको उहाँको दाबी छ। ‘यो कार्यक्रमले युवालाई देशभित्रै राख्ने प्रयास गरेको छ’, पोखरेलले भने । 

 

पोखरेलले नेकपा एमालेलाई आधुनिक राष्ट्र निर्माणको पर्यायका रूपमा चित्रण गर्दै विगतमा एमाले नेतृत्वमा भएका सरकारहरूकै पालामा राष्ट्रिय पहिचान, स्वाधीनता, उत्पादनशीलता र आधुनिक पूर्वाधार विकासका अभियान चलेको स्मरण गराए । 


उहाँले वर्तमान राजनीतिमा एमालेमाथि हुने प्रहार र आलोचना एमालेको शक्ति र स्थायित्वको कारणले भएको पनि उल्लेख गरे । 


पार्टीभित्रको अनुशासन र कार्यकर्ताहरूको भूमिकाबारे पनि पोखरेलले  आलोचनात्मक धारणा राखे । उनले भोज भतेर, जन्मदिन र सवारीको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्ने तर पार्टीको वैचारिक बहस, आन्दोलन र नीति निर्माणमा चासो नदेखाउने प्रवृत्तिको बढेको बताए  । 


पार्टीभित्र नेतृत्वबारे भइरहेका चर्चामा पोखरेलले असन्तुष्टि व्यक्त गर्दै अहिले नेतृत्वको बहस गर्ने बेला नभएको बताए  । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.