logo

आर्थिक पत्रकारिता सम्बन्धी अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम वीरगञ्जमा सम्पन्न

 इसीमाना सम्वाददाता     २०८२ असार १२ गते ०५: २३ मा प्रकाशित     496   पटक पढिएको

वीरगंज । नेपाल धितोपत्र बोर्डको आयोजनामा र नेपाल पत्रकार महासंघ, पर्साको सहकार्यमा एक दिने अन्तरक्रिया कार्यक्रम वीरगंजमा सम्पन्न भएको छ ।

 

बिशेष गरि आर्थिक विषयमा कलम चलाउने पत्रकारहरूका लागि लक्षित एक दिने अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम वीरगञ्जमा सफलतापूर्वक सम्पन्न भएको हो। कार्यक्रम वीरगञ्जस्थित क्लासिक होटेलमा आयोजना गरिएको हो।

 

कार्यक्रमको नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समितिका संयोजक के.सी.लामिछानेले  ब्यानर पढेर  औपचारिक शुभारम्भ गरेका थिए। कार्यक्रममा नेपाल पत्रकार महासंघ, पर्साका अध्यक्ष  ओमप्रकाश खनालको अध्यक्षता रहेको थियो। 

 

कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष  श्याम बन्जारा, नेपाल धितोपत्र बोर्डका प्रतिनिधि नारायण प्रसाद, मिलन मगर,  विनोद महर्जनलगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।

 

उक्त कार्यक्रममा वीरगञ्जका विभिन्न सञ्चारमाध्यममा संलग्न आर्थिक पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

 

 सहभागीहरूलाई पूँजी बजारको संरचना, कार्यप्रणाली, नियमन प्रणाली, लगानी सुरक्षाका उपायहरू, तथा बजार विश्लेषणसम्बन्धी विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो।

 

नेपाल धितोपत्र बोर्डका प्रतिनिधिहरूले नेपालको पूँजी बजारको वर्तमान अवस्था, चुनौती तथा सम्भावनाबारे प्रस्तुति दिएका थिए।

 

साथै, पूँजी बजारसम्बन्धी समाचार लेख्दा ध्यान दिनुपर्ने तथ्यहरू, स्रोतको विश्वसनीयता तथा सूचना सत्यापन प्रक्रिया सम्बन्धी विषयमा समेत सहभागीहरूलाई अवगत गराइएको थियो।

 

कार्यक्रमको समापनमा सहभागी पत्रकारहरूले यस्ता प्रशिक्षणहरूले आर्थिक पत्रकारितामा गहिरो ज्ञान र व्यावसायिकता अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्दै आगामी दिनहरूमा अझ व्यवहारिक तथा क्षेत्रीयस्तरमा यस्ता कार्यक्रमहरू निरन्तर आयोजना गरिनुपर्ने अपेक्षा व्यक्त गरेका थिए।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सुनसरी दुर्घटना , मृतकको सङ्ख्या पाँच पुग्यो

इनरुवा । सुनसरी भोक्राहा–नरसिंह गाउँपालिका–३ जलुवा टोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज भएको सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।

भूमिहीनलाई जग्गा वितरणको तयारी, ७ दिनभित्र हकदावी पेश गर्न आयोगले निकाल्यो  सूचना

वीरगंज ।  नेपाल सरकारको भूमि समस्या समाधान आयोग, जिल्ला समिति पर्साले सखुवा प्रसौनी गाउँपालिकाको बिभिन्न वडामा बसोबास गर्दै आएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अब्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउने प्रक्रियाबारे ७ दिने  सार्वजनिक सूचना जारी गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.