logo

पारसनाथ पोखरी कता, सौन्दर्यकरणको काम हुदैछ उता

 इसीमाना सम्वाददाता     २०८२ असार ३ गते ०४: ४१ मा प्रकाशित     1517   पटक पढिएको

वीरगंज । आर्थिक वर्ष सकिन लाग्दा भौतीक पुर्वाधारको निर्माण, सामाजिक जागरणका कामहरुको गति पनि बढ्ने गरेको छ ।

 

 अरुवेला बिभिन्न कारणले अड्किएका योजनाहरु  आर्थिक वर्षको अन्त्यमा सबै बाटो खुलेर कार्यान्वयनको दिशामा बेगवान गतिमा कुद्ने गरेका छन । त्यस मध्यको एउटा योजना हो पटेर्वा सुगौलीको वडा नं ५ रहेको सार्वजनीक पोखरीको सौन्दर्यकरण । 
प्रदेश सरकारले प्रकाशीत गरेको रेडकबुकमा पटेर्वा सुगौलीको वडा नं ५मा रहेको पारसनाथ मन्दीरको भर्याङ निर्माण तथा सौन्दर्यकरणकालागि ५० लाख बिनियोजन गरिएको छ ।

May be an image of 1 person, smiling and jewelry

                               बविता जयसवाल, कार्यालय प्रमुख

यसको ताल्लुकदार अड्डा भने बीरगंजमा रहेको पर्यटन कार्यालय हो । यही कार्यालयले गत वर्षको चैत महिनाको १७ गते चलानी नम्बर २९२ मार्फत पटेर्वा सुगौलीको वडा नं ५ लाई जग्गा यकीन गर्न भन्दै पत्राचार गरेको छ ।

 

त्यसको जवाफमा वडा कार्यालयले पराशनाथ पोखरी आफ्नो वडामा नभएको जवाफी पत्र  पठाएको छ । सोही दिन चलानी नम्बर २९३ मार्फत सखुवा प्रसोनी गाउँपालिका वडा नं ५ महुवनलाई समेत जग्गा एकिन गरी पठाउन भनी पर्यटन कार्यालयले पत्राचार गरेको छ ।

 

महुवान वडाका तर्फबाट वडाध्यष अशेश्वर यादवले पारशनाथ पोखरि आफनो वडामा भएको यकिन गरेर पठाएका छन । 


तर अहिले पारशनाथको नाममा पोखरि हुदै नभएको पटेर्वा सुगौलीको वडा नं ५ रहेको सार्वजनीक पोखरिको सौन्दर्यकरणको काम शुरु भएको छ ।

 

 गाउँपालिकाका तर्फबाट पारशनाथ पोखरी वडा नं ५ मा रहेको यकिन गरि शम्भू यादवको अध्यक्षतामा गोप्य रुपमा उपभोक्ता समिति बनाएर काम शुरु गरिएको छ । वडाध्यक्ष बिपिन मुखियाले भने उपभोक्ता समिति बनेको बिषयमा आफूलाई कुने जानकारी नभएको बताए ।

 

उनले पारसनाथ पोखरीको नामको पोखरि आफ्नो पालिका भरीमा नभएको ठोकुवा गरे । पर्यटन कार्यालय वीरगंजका प्रमुख बविता जयसवालले रेडबुकमा भएको योजनामा कुनै संशोधन गर्न नसकिने बताईन ।

 

उनले नामका कारणले परेको फरक मात्र भएको बताउदै पालिकाले सोही पोखरि यकिन गरेकोले काम अघि बढाएको बताईन ।


पाखेरीको सौन्दर्यकरणको पालिकाका उपाध्यक्ष ममता महतोले चार दिन अघिमात्र शिलान्यास गरेकी छिन । 
पहिला योजनाको स्थानको यकिनमा समस्या आएकोले कार्यान्वयन कार्यदेश जारी हुन सकेको थिएन । अहिले समस्याको हल भयो काम शुरु भएको छ ।

 

यसो त मधेश प्रदेश कमिशनमा योजनाको खरिद बिक्रीको हव नै बनेको छ ।  मधेशको प्रदेश सभाले साँसदहरुको सहभागितमा एउटा छानविन समिति पनि गठन गरेको छ । पटेर्वा सुगौली निचुटामा रहेको पोखरीको जस्तै हविगत छानविन समितिको नहुने कुरा स्थापित हुन सक्नु पर्छ ।

May be an image of text that says 'परटेर्वा सुगौली गाउपालिका ......... न. वंडੀ डॉकार्यालय परसां पत्र संख्या:- 2veal0ea चलानी ផុ្ំៈ- 4&+602:1 206 ει मघेश प्रदेश, नेपाल विषय:- सिफारिस सम्बन्धमा। मिति:- ಶ વংसત ಇಣಿ922 92129 เงเีรองววราร श्री श्रीपर्यटनविकासकार्यालय पर्यटन विकास कार्यालय वीरगंज, वीरगंज,पर्सा। ,पर्सा उपरोक्त सम्बन्धमा पर्यटन विकास कार्यालय वीरगंज, ,पर्सा को च.न. च.न.२९२मिति २०८१/१२/१७ गते को पत्र प्रासत भई व्यहोरा अवगत भयो सो सम्बन्धमा यस पटर्वा सुगौली गाउैपालिका वा.न.५ मा पारसनाथ पोखरी नरहेको व्यहोरा सि :रिस साथ Ba 29 अनुरोध छ। ปดั मुखिया बिपिन'

May be an image of poster and text that says 'पत्र संख्या:- 220/4 चलानी จ.:-923 सखुवा प्रसौनी गाउपालिका नं. वडा कर्यालय ....ည... सपा मधेश प्रदेश, नेपालपरके জীললাকে मिति- मित-૨0੧੧੨ારર ૨૦૬૧૧રા૨૨ विषय-जरगा विषय एकिन गरी पठाईएको सम्बन्धमा I श्री पर्यंटन विकाश कार्यालय वीरगज, पर्सा। उपरोक्त सम्वन्मा तांहा कार्यालय को च.न.२९३ मिति २०६११२१७ गतेको प्राप्त पत्र अनुसार सखुवा प्रसौनी गाउंपालिका वडा न 옷 महुवनमा रहेको पारसनाथ पोखरी भरयांग तथा सौन्द्र्यकरण संचालन हने योजना यस सखुवा प्रसौनी गाउँपालिका वडा न मा रहेको व्यहोरा सिफारीस साथ अनुरोध छ Po4ea 라가짜요 असेशर प्रसाद यादय वडा अध्यक्ष'

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सुनसरी दुर्घटना , मृतकको सङ्ख्या पाँच पुग्यो

इनरुवा । सुनसरी भोक्राहा–नरसिंह गाउँपालिका–३ जलुवा टोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज भएको सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।

भूमिहीनलाई जग्गा वितरणको तयारी, ७ दिनभित्र हकदावी पेश गर्न आयोगले निकाल्यो  सूचना

वीरगंज ।  नेपाल सरकारको भूमि समस्या समाधान आयोग, जिल्ला समिति पर्साले सखुवा प्रसौनी गाउँपालिकाको बिभिन्न वडामा बसोबास गर्दै आएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अब्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउने प्रक्रियाबारे ७ दिने  सार्वजनिक सूचना जारी गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.