logo

मधेशकाे बजेट ४६ अर्ब ५८ करोड ३३ लाखकाे प्रस्तुत

 ईसीमाना सम्वाददाता     २०८२ असार १ गते ०८: ०८ मा प्रकाशित     1756   पटक पढिएको

जनकपुरधाम । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को लागि ४६ अर्ब ५८ करोड ३३ लाख रुपैयाँ को बजेट सार्वजनिक गरेको छ। 

 प्रदेश सभाको बैठकमा अर्थमन्त्री सुनिल कुमार यादवले प्रस्तुत गरेको यस बजेटमा चालुतर्फ १६ अर्ब ७२ करोड ५ लाख रुपैयाँ र पुँजीगततर्फ ३० अर्ब २६ करोड २८ लाख रुपैयाँ विनियोजन गरिएको छ। 

 बजेटको वित्तीय स्रोतलाई हेर्दा, आन्तरिक राजस्वबाट ९ अर्ब ५० करोड ८३ लाख रुपैयाँ उठाउने लक्ष्य राखिएको छ। 

सङ्घीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान (७ अर्ब ७२ करोड १९ लाख), सशर्त अनुदान (४ अर्ब २६ करोड १८ लाख), विशेष अनुदान (३९ करोड ४५ लाख) र समपूरक अनुदान (३५ करोड ८२ लाख) लाई पनि बजेटको महत्त्वपूर्ण स्रोतका रूपमा लिइएको छ। विशेष गरी, यसपटक मधेश प्रदेशले अघिल्लो वर्षको नगद मौज्दातलाई ठूलो आधार बनाएको छ।

१० अर्ब ३८ करोड रुपैयाँ नगद मौज्दातबाट जुटाउने लक्ष्य राखिएको छ, जुन बजेटको एक ठूलो हिस्सा हो। साथै, राजस्व बाँडफाँटबाट १ अर्ब ३५ करोड र आन्तरिक ऋणबाट २ अर्ब रुपैयाँ समेत जुटाउने योजना बजेटमा उल्लेख छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.