logo

मन्त्री लेखीको भाईप्रेम कानूनी विवादमा, साझेदार दल असन्तुष्ट, ६ गते अदालतले बोलायो

 इसीमाना सम्वाददाता     २०८२ जेठ ३१ गते ०४: ५० मा प्रकाशित     1043   पटक पढिएको

वीरगंज । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले गरेको नियुक्ति काूनी विवादमा परेको छ । 


मन्त्रीको प्रस्तावमा मधेश प्रदेश सरकारले गत जेठ ११ गते सप्तरीका किशोरकुमार लेखीलाई चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्डको अध्यक्ष पदमा नियुक्त गरेको थियो ।

 

मन्त्रीलेखीले आफनै सचिवालयमा कार्यरत किशोर कुमार लेखीलाई बोर्डको अध्यक्षमा नियुक्ति गरेपछि त्यसको बिरुद्ध लाल किशोर यादवले  निषेधाज्ञाको माँग गर्दै अदालतमा उजुरी दिएका थिए ।

 

यादवले लेखीको नियुक्ति कानून बिपरित तथा योग्यता र क्षमताको मापन नै नगरी गरिएको भन्दै अदालतमा उजुरी गरेका हुन ।

 

सोही उजुरीको सुनवाई गर्दै उच्च अदालत जनकपुरका न्यायाधीश गीताप्रसाद तिम्सिनाको एकल इजलासले मधेश सरकार तथा गृह संचार तथा कानून मन्त्रालयलाई कारण देखाउ आदेश जारी गरेको छ ।

 

यो आदेश आएसंगै मन्त्री लेखीको यो नियुक्ति पनि बिवादमा परेको छ । उच्च अदालत जनकपुरले जेठ ३० गते कारण देखाउ आदेश जारी गरेको हो । 


अदालतले असार ६ गतेकालागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेतलाई अदालतमा उपस्थित हुन आदेश गरेको छ ।


यस अघि मन्त्री लेखीले मिडिया काउन्सिलमा गरेको नियुक्ति पनि विवादमा आएको थियो । काउन्सिलमा नियुक्त कमल कुमार उपाध्यायलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा बिशेष अदालतमा मुद्धा दर्ता गरेपछि उनी निलम्बनमा परेका छन ।

 

उपाध्यायलाई नियुक्ती गर्दा मन्त्री लेखीले आर्थिक नजराना लिएको भन्ने कुरा बिभिन्न संचार माध्यममा यस अघिनै प्रकाशित भएका छन । 


मन्त्री लेखीको मन्त्रालय अन्तर्गत रहेका तीनवटा संस्थाहरु मिडिया काउन्सिल,आमसंचार प्राधिकरण र चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्ड सत्ता साझेदार तीन दलहरुले आपसमा भागवण्डा गरेको स्रोतले जनायो ।

 

चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्ड नेपाली कांग्रेसको भागमा परेको थियो । तर मन्त्री लेखीले सहकार्य र गठबन्धन संस्कृतिको बर्खिलाफ हुने गरि पार्टीलाई समेत कुनै जानकारी नदिई बोर्डमा आफनो भाईलाई नियुक्ति दिएको स्रोतले जनायो ।

 

नेपाली कांग्रेसका  तर्फबाट मिडिया काउन्सिलमा नियुक्त हुने ब्यक्तिलाई कार्यवाहक अध्यक्ष बनाउने आश्वासन दिएर बोर्डमा आफनो भाईलाई नियुक्ति गरेको स्रोतको दावी छ । नेकपा एमालेको जनसंगठनको रुपमा सांस्कृति क्षेत्रमा क्रियाशिल संगठन छ । लेखीको नियुक्तिमा जनसास्कृतिक महासंघ मधेश प्रदेशसंग कुनै छलफल परामर्श नभएको एक पदाधिकारीले जनाए ।

 

 यो नियुक्तिको बिषयमा पार्टीमा पनि कुनै छलफल नभएको पार्टीको मधेश प्रदेशका एक पदाधिकारीको भनाई छ ।
मिडिया काउन्सिलमा १३ जनाको आवेदन परेको थियो । पूर्ववर्ती लालबाबु राउत सरकारले आवेदकहरुको नाम समेत सार्वजनीक गरेको थियो तर मन्त्री लेखीले आवेकहरुको परिचय सार्वजनीक गरेनन  ।

 

 अन्यन्तै झूठ र गलत रिपोर्टिङ गरेर लेखीले नियुक्तिहरु गरेको बिषयमा  पार्टीमा गम्भिरता पूर्वक छलफल भएपनि  लेखीले आफूने कार्यशैलीमा सुधार नल्याएको एक नेताको टिप्प्णी छ । उ

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पत्रकारद्वय गुप्ता र सर्राफलाई साधारण तारेखमा रिहा गर्न पर्सा जिल्ला अदालतको आदेश

वीरगञ्ज । पत्रकार राहुल गुप्ता र श्याम सर्राफ पर्सा जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन । उनीहरु बिरुद्ध पर्सा क्षेत्र नं १ का साँसद बुद्धिप्रसाद पन्तले बिधुतीय कारोवार ऐन अन्र्तगत मुद्धा  गरेका थिए ।

सात विश्व कीर्तिमान बनाएका डा.आशिश विष्ट देशको सेवा गर्न भन्दै नेपाल फर्किए

काठमाडौं । डा.आशिष विष्टले आफूले विश्वस्तरमा सात वटा शैक्षिक कीर्तिमान तथा ४ वटा ग्लोबल उपाधि हासिल गरेको प्रमाणहरु सार्वजनिक गरेका छन् ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.