logo

प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक १६ बुँदे निर्णय गर्दै सम्पन्न

 इसीमाना सम्वाददाता     २०८२ जेठ २९ गते १२: ५८ मा प्रकाशित     792   पटक पढिएको

बेल्जियम । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक यही जुन ९  मा बेल्जियमको आन्त्वर्पेन शहरमा सम्पन्न भएको छ ।

नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रवासी नेपाली मञ्च युरोप–अमेरिका इञ्चार्ज घनश्याम पाण्डेको प्रमुख आतिथ्यता र ओएनएफ अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापासहितका नेताहरुको सहभागतामा सम्पन्न  बैठकले १६ बुँदे निर्णय गरेको छ ।

 

बैठकमा ओएनएफ अन्तराष्ट्रिय कमिटीका सचिव तथा संगठन विभाग प्रमुख हेम शेर्पा, सचिवालय सदस्य तथा युरोप इञ्चार्ज भक्त वाग्लेसमेतको विषेश उपस्थिति रहेको थियो ।


बैठकले हाल तिव्ररुपमा नेपालीहरुको आगमन भइरहेका देशहरु जस्तै पोल्याण्ड, साईप्रस, माल्टा, रोमानिया, क्रोएसिया लगायतका देशहरुमा केही निर्णय भइसकेका र केही निर्णय हुन बाँकी रहेका मुलुकहरुमा यथाशीघ्र कुटनैतिक नियोग स्थापनाका लागि जोडदार माग गरेको छ ।

यसैगरी बैठकले विविध कारणले हाल प्रवासमा बसिरहेका नेपालीहरूको नेपाली नागरिकता निरन्तरताका लागि जोडदार माग गरेको छ । बैठकले संविधान प्रदत्त तथा सम्मानित सर्वोच्च अदालतबाट समेत निर्देशन भए अनुसार प्रवासबाट मतदान गर्ने अधिकारलाई व्यवस्थित गरी प्रवासीहरुलाई आफ्नो मतदानको अधिकार प्रदान गर्नको लागि निर्वाचन आयोग र नेपाल सरकारसँग माग गरेको छ ।

बैठकले विगत लामो समयदेखि युरोपियन मुलुकहरूमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले नेपाली वायु सेवा निगममाथि लगाएको प्रतिबन्धलाई फुकाउन आवश्यक कुटनैतिक पहलका लागि नेपाल सरकार समक्ष जोडदार माग गरेको संयोजक मुक्त गुरुङ र सचिव सालिकराम थपलियाले जानकारी दिनुभयो ।


यसैगरी बैठकले सन् २०२५ भित्र “जहाँ नेपाली, त्यहाँ प्रवासी नेपाली मञ्च“ भन्ने नारालाई सार्थक बनाई युरोप महादेश अन्तर्गतका धेरैभन्दा धेरै राष्ट्रहरूमा राष्ट्रिय कमिटी गठन गर्नका लागि प्रतिवद्धता जनाएको छ भने २०२५ को अन्तसम्ममा हरेक राष्ट्रिय कमिटीहरूले आ–आफ्नो राष्ट्रमा रहेका नेपालीहरूको जनसंख्याको न्यूनतम ३ प्रतिशत संगठित सदस्यता बिस्तार गर्ने निर्णय पनि गरेको छ ।

यसैगरी बैठकले प्रवासी नेपाली मञ्चको नेतृत्वमा संयुक्त लगानीको अवस्थालाई प्रत्याभूत गर्नका लागि आगामी ६ महिनाभित्र कम्तिमा २ अर्बको संयुक्त पूँजीको संकलन गरी लगानी कम्पनीमार्फत कार्य गर्न आवश्यक कागजी र प्रकृयागत कार्यहरू सम्पन्न गरी आवश्यक योजनाको छनौट सहित कार्य योजनालाई अगाडि बढाउने निर्णय गरेको छ ।

 

 लगानी विभागको अवधारणालाई मूर्त रुप दिन अल्प र दीर्घकालीन योजनाको प्रस्ताव प्राप्त भएकाले रकम संकलन र प्राप्त योजनाहरूको छानविन गरी लगानीको प्रकृया अगाडि बढाइने बैठकपछि जारी बिज्ञप्तिमा जनाइएको छ ।

यस्तै बैठकले महिला सशक्तिकरणको कामलाई युरोपमा व्यवस्थित गर्दै कम्तिमा वर्षको एक पटक महिलाहरूको विशेष कार्यक्रम आयोजना गर्ने र हरेक भेलाहरूको दस्तावेजीकरण सहित निरन्तरता दिने निर्णय गरेको छ ।

युरोप महादेश संयोजक मुक्तबहादुर गरुङको अध्यक्षता र सचिव शालिकराम थपलियाले संचालन गर्नु भएको उक्त बैठकमा युरोप महादेशका २० देशहरुबाट १५० जनाको सहभागिता रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सुनसरी दुर्घटना , मृतकको सङ्ख्या पाँच पुग्यो

इनरुवा । सुनसरी भोक्राहा–नरसिंह गाउँपालिका–३ जलुवा टोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज भएको सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।

भूमिहीनलाई जग्गा वितरणको तयारी, ७ दिनभित्र हकदावी पेश गर्न आयोगले निकाल्यो  सूचना

वीरगंज ।  नेपाल सरकारको भूमि समस्या समाधान आयोग, जिल्ला समिति पर्साले सखुवा प्रसौनी गाउँपालिकाको बिभिन्न वडामा बसोबास गर्दै आएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अब्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउने प्रक्रियाबारे ७ दिने  सार्वजनिक सूचना जारी गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.