logo

नेकपा एमाले बहुदरमाई नगरको अध्यक्षमा कुशवाहा सर्वसम्मत

 इसीमाना सम्बाददाता     २०८२ जेठ २८ गते ०६: १९ मा प्रकाशित     1151   पटक पढिएको

वीरगन्ज । नेकपा (एमाले)बहुदरमाई नगर कमिटीको नगर अधिवेशनले प्रमोद कुशवाहालाई  सर्वसम्मत अध्यक्षमा चयन गरेको छ।

उपाध्यक्षमा सुरेन्द्र यादव, र अशोक रौनियार,  सचिवमा, देवतान्द कलवार , उप–सचिवमा  सरिता पटेललाई  सर्वसम्मत  रुपमा निर्वाचित गरेको छ। 

कार्यक्रममा संघीय सरकारका सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले नवगठित कार्यसमितिलाई बधाई दिँदै बहुदरमाई नगरको विकास र समृद्धिमा पार्टीको भूमिका अझ सशक्त हुने विश्वास व्यक्त गरे ।

यसैगरी, नेकपा एमालेका केन्द्रीय सदस्यहरू अरविन्द सिंह र नेता शिव पटेलको पनि कार्यक्रममा विशेष उपस्थिति रहेको थियो। May be an image of 11 people, people smiling and temple

अधिवेशनमा सहभागी कार्यकर्ताहरूले नयाँ कार्यसमितिले पार्टीको जनआधार विस्तार गर्न र आगामी निर्वाचनमा पार्टीलाई विजयी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

नवनिर्वाचित अध्यक्ष प्रमोद कुशवाहाले अधिवेशनलाई सम्बोधन गर्दै आफूमाथि विश्वास गरेर सर्वसम्मत रूपमा अध्यक्षको जिम्मेवारी दिएकोमा सम्पूर्ण पार्टी सदस्यहरूलाई धन्यवाद ज्ञापन गरे । उनले बहुदरमाई नगरमा पार्टीको संगठनलाई थप सुदृढ बनाउने, जनताका समस्याहरूलाई प्राथमिकताका साथ उठाउने र नगरको विकास निर्माणका कार्यहरूमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.