वीरगन्ज । अत्यधिक गर्मीका कारण पोखरिया नगरपालिकाले तीन दिन विद्यालय बन्दको घोषणा गरेको छ ।
विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै नगरपालिकाले यहाँका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई ३ दिनका लागि बिदा दिने निर्णय गरेको छ। लगातारको बढ्दो तापक्रमले बालबालिकाहरूको स्वास्थ्यमा जोखिम बढेको भन्दै यो निर्णय गरिएको हो।
पोखरिया नगरपालिका नगर कार्यपालिकाको कार्यालयले आज जारी गरेको पत्रानुसार जेठ २८ गते बुधवारदेखि जेठ ३० गते शुक्रवारसम्म नगरपालिका अन्तर्गतका बाल विकासदेखि कक्षा १२ सम्मका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा पठनपाठन बन्द रहनेछ।
यद्यपि, विद्यालयको शैक्षिक गतिविधि बन्द रहे पनि यस अवधिमा विद्यालयको प्रशासनिक सेवा भने सञ्चालनमा रहनेछ। नगरपालिकाले २०८२ असार १ गते आइतबारदेखि भने विद्यालयको पठनपाठन पूर्ववत् समयमा सञ्चालन हुने जानकारी गराएको छ।
तपाईको प्रतिक्रिया