logo

अखिलको २४ औं राष्ट्रिय महाधिवेशन, सेलेक्सन खारेज इलेक्सनको कार्यतालिका प्रकाशित

 इसीमाना सम्वाददाता     २०८२ जेठ २७ गते ०३: १७ मा प्रकाशित     440   पटक पढिएको

काठमाण्डौ । अनेरास्ववियुको जारी २४ राष्ट्रिय सम्मेलनमा सलेक्शनका बिरुद्ध इलेक्सनको वतावरण बनेको छ । सम्मेलनको उद्धघाटन गर्दै पार्टी अध्यक्ष के.पी.शर्मा ओलीले सर्वसम्मत नेतृत्व चयनको गर्न निर्देश दिएपनि सम्मेलनका प्र्रतिनिधिहिरुले इलेक्सनको वतावरण बनाएका छन ।

 

अध्यक्ष मण्डलका अर्फबाट अखिलको नेतृत्व गर्ने आकं्रक्षा बोकेका सबैलाई मिलाएर नेतृत्व निर्माणको प्रयास गरेपनि प्रतिनिधिहरुले त्यो कुरा अस्वीकार गरेपछि नेतृत्व निर्माणको बिषय निवाृचनको माध्यमले निक्र्योल हुने भएको छ ।

 

 बन्दसत्रमा निर्वाचन सम्बन्धी सूचना सार्वजनीक भएको छ । अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको हो ।  

 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा मंगलबारको बन्दसत्रमा अध्यक्ष मण्डलले अध्यक्षमा सुजन कडरिया, उपाध्यक्षमा प्रकाश पौडेल र अञ्जना सिवाकोटी तथा महासचिवमा दीपक धामीको नाम प्रस्ताव गरेको थियो । तर, उक्त प्रस्तावविरुद्ध असन्तुष्ट विद्यार्थीहरूले नाराबाजी गरेका थिए ।

 

नाराबाजीमा उत्रिएका असन्तुष्ट विद्यार्थीहरूले निर्वाचनको माग गरेपछि निर्वाचन समितिले नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

 

कार्यतालिका अनुसार, मंगलबार दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारी दर्ता फारम वितरण गरिनेछ । यस्तै, अपराह्न ४ देखि साँझ ६ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । 

राति ८ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गर्ने कार्यतालिका छ । यसैगरी, राति साढे ८ बजेसम्म उम्मेदवारविरुद्ध दाबी विरोध तथा उजुरी र ८ बजेर ४५ मिनेटमा दाबी विरोध र उजुरीमाथि छानबिन गरेर निर्णय गरिने कार्यतालिकामा उल्लेख छ । राति साढे १० बजेसम्म उम्मेदवारी फिर्ता र ११ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने कार्यतालिका छ । 

 

मतदान भने बुधबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म हुने कार्यतालिकामा उल्लेख छ । अनेरास्ववियुको अध्यक्षमा सुजन कडरिया, प्रकाश पौडेल, दीपक धामी, आरती भट्टराई र अञ्जना सिवाकोटीले आकांक्षा राखेका छन् । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

वीरगन्जमा गर्भवती महिला उद्दार, अस्पतालमा उपचार सुरु

वीरगन्ज १२ । वीरगन्जको बहुवरी क्षेत्रबाट एक गर्भवती महिलाको उद्दार गरिएको छ। शनिबार राति नाम–थर बताउन नसक्ने अवस्थामा भेटिएकी ती महिलालाई मानव सेवा आश्रम वीरगन्जले सुरक्षित राखेको छ।

सर्लाहीमा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

बरहथवा  ।  सर्लाहीमा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवाको मृत्यु भएको छ भने, अर्का एक जना गम्भीर घाइते भएका छन् ।

खेलकुद

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।

नेपाल तेक्वान्दो संघको दोस्रो अधिवेशन सम्पन्न, श्रेष्ठ पुनः अध्यक्ष निर्वाचित

वीरगंज । नेपाल तेक्वान्दो संघ पर्साको दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले संस्थाका वर्तमान अध्यक्ष गणेशमान श्रेष्ठलाई सर्वसम्मत रूपमा पुनः अध्यक्षमा निर्वाचित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.