logo

मधेस प्रदेशकी प्रमुख सुवेदी द्वारा ठोरीको पर्यटकीय क्षेत्रको भ्रमण तथा अवलोकन

 इसीमाना सम्वाददाता     २०८२ जेठ २६ गते ०८: ४० मा प्रकाशित     1152   पटक पढिएको

वीरगंज । मधेस प्रदेशकी प्रमुख सुमित्रा सुवेदीले सोमवार ठोरी गाउँपालिकाको औपचारिक भ्रमण गरेकी छिन। प्रमुख सुवेदीको स्वागतमा गाउँपालिकाले विशेष कार्यक्रमको आयोजना गरेको थियो ।


गाउँपालिका कार्यालयमा आयोजित स्वागत तथा अभिनन्दन समारोह गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठको अध्यक्षता रहेको थियो ।

 

 कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष मान बहादुर थिङ, प्रमुख प्रशासकीय अधिकृत धर्मराज थापा, प्रदेश प्रमुखका स्वकीय सचिव टिकाराम उप्रेती, नेपाल पर्यटन बोर्डका प्रबन्धक सन्तोष घिमिरे, अधिकृत प्रज्ञा घिमिरे, विभिन्न विद्यालयका प्रधानाध्यापकहरू, गाउँपालिकाका कर्मचारी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।

 


स्वागत समारोहपश्चात् प्रदेश प्रमुख सुवेदीले ठोरीका प्रमुख पर्यटकीय स्थलहरू रेड हिल पार्क, ठोरीको पशुपतिनाथ मन्दिर, राइधारा तथा सीता गुफालगायत स्थानहरूको अवलोकन गरिन।

 

भ्रमणको क्रममा उनले  ठोरीको प्राकृतिक सौन्दर्य, धार्मिक तथा पर्यटकीय सम्भावनाको प्रशंसा गरिन। गाउँपालिकाले  भ्रमणलाई ठोरीको पहिचान प्रवर्द्धन र पर्यटन विकासको अवसरका रूपमा लिएको छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.