विपद्सँग जुध्नका लागि स्वयंसेवक परिचालन आधारभुत तालिम शुभारम्भ
इसीमाना सम्बाददाता
२०८२ जेठ २६ गते ०८: ०५ मा प्रकाशित
375 पटक पढिएको
वीरगञ्ज । पर्सामा हुने प्राकृतिक तथा मनसुनजन्य विपद्सँग जुध्नका लागि विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम शुभारम्भ गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपालको १३ नम्बर गण हेडक्वाटर पर्साले मनसुनजन्य विपद् र अन्य प्राकृतिक प्रकोपका गतिविधिमा स्थानीय समुदायको सक्रिय सहभागिता गराउने उद्देश्यले तालिमको आयोजना गरेको हो ।
३० जनालाई २१ दिनसम्म विपद् स्वयंसेवक तालिम उपलब्ध गराइनेछ । वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले प्राकृतिक विपद्सँग जोगाउनका लागि यस्ता खालका कार्यक्रम आवश्यक रहेको बताए ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले विपद्का जोखिमलाई न्यूनीकरण गर्नका लागि यस्ता खालका तालिम प्रभावकारी हुने बताए ।
सशस्त्र प्रहरी बल नेपाल, नम्बर १३ गण हेडक्वाटर पर्साका गणपति राधेश्याम धिमालले प्राकृतिक विपद् सम्बन्धि तालिम सम्भावित जोखिमको बेलामा निकै प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक गौतम मिश्र, वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अरविन्द लाल कर्ण, नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओम प्रकाश खनाल, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पर्साका अध्यक्ष बृज किसोर पटेल लगायतको उपस्थिति रहेको थियो ।
तपाईं हामीसंग फेसबुक र ट्वीटर
मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।
वीरगन्ज १२ । वीरगन्जको बहुवरी क्षेत्रबाट एक गर्भवती महिलाको उद्दार गरिएको छ। शनिबार राति नाम–थर बताउन नसक्ने अवस्थामा भेटिएकी ती महिलालाई मानव सेवा आश्रम वीरगन्जले सुरक्षित राखेको छ।
वीरगंज । नेपाल तेक्वान्दो संघ पर्साको दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले संस्थाका वर्तमान अध्यक्ष गणेशमान श्रेष्ठलाई सर्वसम्मत रूपमा पुनः अध्यक्षमा निर्वाचित गरेको छ।
तपाईको प्रतिक्रिया