logo

योजना खरिद बिक्रीको बिषयमा संसदीय छानविन हुने भएपछि प्रदेश सभाको गतिरोध अन्त्य,भोली नीति तथा कार्यक्रम पेश हुने

 इसीमाना सम्वाददाता     २०८२ जेठ २२ गते ०८: ३८ मा प्रकाशित     518   पटक पढिएको

जनकपुरधाम । मधेश प्रदेशमा विकास योजनाहरूको खरिदबिक्रीको आरोपमा छानबिन गर्न विशेष संसदीय समिति गठन गरिएको छ।

प्रतिपक्षी दलहरूको लामो समयदेखिको दबाबपछि प्रदेश सरकार छानबिनका लागि तयार भएको हो। प्रदेशसभामा सत्तारुढ र प्रतिपक्षी दलबीचको सहमतिपछि सभामुख रामचन्द्र मण्डलले आजको प्रदेशसभा बैठकमा यो छानबिन विशेष समितिको घोषणा गरेका हुन्। उनले सदनमा विकास योजना तथा कार्यक्रमहरूमाथि प्रश्न उठेपछि समिति बनाइएको जानकारी दिए।

समितिमा सांसदहरू केशव राय, कुमरकान्त झा, किरण कुमारी, शम्भु कुमार साह, रहबर अन्सारी, रमिता प्रधान, कनिष्क पटेल, उर्मिलादेवी सिंह, कञ्चन विच्छा र विमला अन्सारी रहेका छन्।

चालू आर्थिक वर्षमा मन्त्रीहरूले सचिवालयमार्फत दलालहरूलाई योजना बेचेको भन्दै प्रमुख प्रतिपक्षी जनता समाजवादी पार्टी नेपाल र नेकपा माओवादी केन्द्रले प्रदेशसभा बैठक पटकपटक अवरुद्ध गर्दै आएका थिए। यसअघि सभामुखले समिति गठनका लागि ‘रुलिङ गरेको झन्डै दुई महिना बितिसक्दा पनि कुनै प्रगति नभएको भन्दै बुधबारको प्रदेशसभा बैठक पनि प्रतिपक्षी दलले अवरुद्ध पारेको थियो। 

समिति बने संगै अब मधेश प्रदेश सभाको अर्को बैठक शुक्रबार बस्ने छ । मधेश प्रदेश सरकारले सोही बैठकमा  नीति तथा कार्यक्रम ल्याउँदै छ ।

मधेश प्रदेश सभामा प्रदेश प्रमुख सुमित्रा भण्डारी सुवेदीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका रहेको छ । कृषिलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउन लागिएको जनाइएको छ । पहिलाको भन्दा फरक नीति तथा कार्यक्रमहरू ल्याउन लागिएको हो ।

प्रदेश सरकारले विशेषत शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीमा व्यवसायीकरण गर्ने काम प्राथमिकतामा राखेको छ । आन्तरिक उत्पादन बढाउँदै युवाहरूको रोजगारीलाई प्राथमिकतामा राखेर योजनाहरू तयार पारिको छ 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

वीरगन्जमा गर्भवती महिला उद्दार, अस्पतालमा उपचार सुरु

वीरगन्ज १२ । वीरगन्जको बहुवरी क्षेत्रबाट एक गर्भवती महिलाको उद्दार गरिएको छ। शनिबार राति नाम–थर बताउन नसक्ने अवस्थामा भेटिएकी ती महिलालाई मानव सेवा आश्रम वीरगन्जले सुरक्षित राखेको छ।

सर्लाहीमा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

बरहथवा  ।  सर्लाहीमा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवाको मृत्यु भएको छ भने, अर्का एक जना गम्भीर घाइते भएका छन् ।

खेलकुद

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।

नेपाल तेक्वान्दो संघको दोस्रो अधिवेशन सम्पन्न, श्रेष्ठ पुनः अध्यक्ष निर्वाचित

वीरगंज । नेपाल तेक्वान्दो संघ पर्साको दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले संस्थाका वर्तमान अध्यक्ष गणेशमान श्रेष्ठलाई सर्वसम्मत रूपमा पुनः अध्यक्षमा निर्वाचित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.