logo

सहयोद्धा उपर दुरब्यवहारको आरोप, आयोगमा उजुरी,  संसदीय दलको नेता बाट दिए राजीनमा

 इसीमाना सम्वाददाता     २०८२ जेठ २० गते ०९: ०० मा प्रकाशित     1099   पटक पढिएको

जनकपुरधाम । आफनै सहयोद्धा महिला उपर दूरब्यवहार गरेको आरोप लागेपछि नेकपा माओवादी केन्द्रका मधेश प्रदेश संसदीय दलका नेता भरत साहले दलको नेताको पदबाट राजीनामा दिएका छन ।


उनीमा देखिएको यौन बिचलनको बारेमा पार्टीको अनुशासन आयोगमा उजुरी परेको छ । उनको बिषयले औपचारिक रुपमा पार्टीमा प्रवेश पाएपछि पार्टीको शिर्ष नेतृत्वको निर्देशनमा साहले राजीनामा दिएको स्रोतले जनाएको छ । 

 

सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर साहले राजीनामा बुझाएको प्रदेशसभा सदस्य सुनिता यादवले पुष्टि गरिन्।

 

केही महिनाअघि काठमाडौंस्थित पार्टी कार्यालयमा बसेको मधेश प्रदेश संसदीय दलको बैठकमा साहमाथि यौन दुराचारसम्बन्धी आरोप सार्वजनिक भएको थियो।

 

यी आरोपहरूले उनी नेतृत्व संकटको केन्द्रमा परेका थिए। पार्टीको उच्च तहबाटै राजीनामाका लागि दबाब आएपछि उनले अन्ततः पद छोड्न बाध्य भएका हुन्।


महोत्तरी क्षेत्र नं. १ (ख) बाट निर्वाचित भरत साहको राजीनापछि अब नयाँ संसदीय दलको नेता चयनका लागि चाँडै बैठक बोलाइने तयारी रहेको सुनिता यादवले जानकारी दिइन्। हाल रौतहटबाट निर्वाचित युवराज भट्टराई (समीर) माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका उपनेता छन्। 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.