logo

पर्साका स्थानीय तह कसले कति पाए बजेट (सूची सहित)

 इसीमाना सम्वाददाता     २०८२ जेठ १९ गते ०६: ५६ मा प्रकाशित     1190   पटक पढिएको

वीरगन्ज । संघीय सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि पर्सा जिल्लाका एक महानगरपालिका, तीन नगरपालिका र दश गाउँपालिकाहरूलाई कुल ५ अर्ब १७ करोड ३७ लाख रुपैयाँ विभिन्न शीर्षकमा अनुदान प्रदान गर्ने भएको छ।

यो रकम स्थानीय तहको विकास निर्माण र सेवा प्रवाहमा महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

अर्थ मन्त्रालयद्वारा सार्वजनिक अन्तर सरकारी वित्तीय हस्तान्तरणअनुसार, पर्साका स्थानीय तहहरूले समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान प्राप्त गर्नेछन्। यी अनुदानहरू चालु र पुँजीगत प्रकृतिका खर्चहरूमा प्रयोग गरिनेछन्।

स्थानीय तहअनुसारको अनुदान विवरण

वीरगन्ज महानगरपालिका : 
पर्साको एक मात्र महानगरपालिका, वीरगन्ज महानगरपालिकाले १ अर्ब ३७ करोड ३ लाख रुपैयाँको कुल अनुदान प्राप्त गर्नेछ। यो रकम महानगरपालिकाको समग्र विकास र पूर्वाधार निर्माणमा खर्च गरिनेछ।

नगरपालिकाहरू : 
जिल्लाका तीन नगरपालिकाहरूले कुल १ अर्ब १० करोड २३ लाख रुपैयाँ अनुदान प्राप्त गर्नेछन्। जसमध्येस्

पोखरिया नगरपालिका ३६ करोड १२ लाख रुपैयाँ।
पर्सागढी नगरपालिका ३८ करोड ६६ लाख रुपैयाँ।
बहुदरमाई नगरपालिका ३५ करोड ४५ लाख रुपैयाँ।

गाउँपालिकाहरू : 
पर्साका दश गाउँपालिकाहरूले कुल २ अर्ब ७० करोड ११ लाख रुपैयाँ अनुदान प्राप्त गर्नेछन्। तीमध्येस्

छिपहरमाई गाउँपालिका २७ करोड ५५ लाख रुपैयाँ।
जगरनाथपुर गाउँपालिका ३१ करोड ४८ लाख रुपैयाँ।

धोबीनी गाउँपालिका २१ करोड ७० लाख रुपैयाँ।
पकाहा मैनपुर गाउँपालिका २२ करोड ६० लाख रुपैयाँ।

पटेर्वा सुगौली गाउँपालिका २८ करोड ५७ लाख रुपैयाँ।
बिन्दबासिनी गाउँपालिका २५ करोड १७ लाख रुपैयाँ।

सखुवा प्रसौनी गाउँपालिका ३५ करोड २६ लाख रुपैयाँ।
ठोरी गाउँपालिका ३२ करोड ४१ लाख रुपैयाँ।

कालिकामाई गाउँपालिका २२ करोड ९७ लाख रुपैयाँ।
जिराभवानी गाउँपालिका २२ करोड ४० लाख रुपैयाँ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

आर्थिक रूपमा कमजोर महिलालाई जिल्ला स्तरीय समितिबाट राहत सहयोग प्रदान

वीरगंज । पर्साको वीरगंजमा  घटेको एक दुःखद घटनापछि आर्थिक रूपमा अत्यन्त कमजोर अवस्थामा रहेकी एकल महिलालाई राहत स्वरूप नगद सहयोग प्रदान गरिएको छ।

थारू संस्कृति प्रवर्द्धनका लागि चौधरीको संयोजकत्वमा वीरगञ्जमा माघी मूल समारोह समिति गठन

पर्सा जिल्लाको वीरगञ्जमा थारू समुदायको महान् पर्व माघी (खिचडी) २०८२ लाई सभ्य, सुसंस्कृत र भव्य रूपमा मनाउने उद्देश्यले नयाँ मूल समारोह समिति गठन गरिएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.