logo

पर्साका स्थानीय तह कसले कति पाए बजेट (सूची सहित)

 इसीमाना सम्वाददाता     २०८२ जेठ १९ गते ०६: ५६ मा प्रकाशित     1638   पटक पढिएको

वीरगन्ज । संघीय सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि पर्सा जिल्लाका एक महानगरपालिका, तीन नगरपालिका र दश गाउँपालिकाहरूलाई कुल ५ अर्ब १७ करोड ३७ लाख रुपैयाँ विभिन्न शीर्षकमा अनुदान प्रदान गर्ने भएको छ।

यो रकम स्थानीय तहको विकास निर्माण र सेवा प्रवाहमा महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

अर्थ मन्त्रालयद्वारा सार्वजनिक अन्तर सरकारी वित्तीय हस्तान्तरणअनुसार, पर्साका स्थानीय तहहरूले समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान प्राप्त गर्नेछन्। यी अनुदानहरू चालु र पुँजीगत प्रकृतिका खर्चहरूमा प्रयोग गरिनेछन्।

स्थानीय तहअनुसारको अनुदान विवरण

वीरगन्ज महानगरपालिका : 
पर्साको एक मात्र महानगरपालिका, वीरगन्ज महानगरपालिकाले १ अर्ब ३७ करोड ३ लाख रुपैयाँको कुल अनुदान प्राप्त गर्नेछ। यो रकम महानगरपालिकाको समग्र विकास र पूर्वाधार निर्माणमा खर्च गरिनेछ।

नगरपालिकाहरू : 
जिल्लाका तीन नगरपालिकाहरूले कुल १ अर्ब १० करोड २३ लाख रुपैयाँ अनुदान प्राप्त गर्नेछन्। जसमध्येस्

पोखरिया नगरपालिका ३६ करोड १२ लाख रुपैयाँ।
पर्सागढी नगरपालिका ३८ करोड ६६ लाख रुपैयाँ।
बहुदरमाई नगरपालिका ३५ करोड ४५ लाख रुपैयाँ।

गाउँपालिकाहरू : 
पर्साका दश गाउँपालिकाहरूले कुल २ अर्ब ७० करोड ११ लाख रुपैयाँ अनुदान प्राप्त गर्नेछन्। तीमध्येस्

छिपहरमाई गाउँपालिका २७ करोड ५५ लाख रुपैयाँ।
जगरनाथपुर गाउँपालिका ३१ करोड ४८ लाख रुपैयाँ।

धोबीनी गाउँपालिका २१ करोड ७० लाख रुपैयाँ।
पकाहा मैनपुर गाउँपालिका २२ करोड ६० लाख रुपैयाँ।

पटेर्वा सुगौली गाउँपालिका २८ करोड ५७ लाख रुपैयाँ।
बिन्दबासिनी गाउँपालिका २५ करोड १७ लाख रुपैयाँ।

सखुवा प्रसौनी गाउँपालिका ३५ करोड २६ लाख रुपैयाँ।
ठोरी गाउँपालिका ३२ करोड ४१ लाख रुपैयाँ।

कालिकामाई गाउँपालिका २२ करोड ९७ लाख रुपैयाँ।
जिराभवानी गाउँपालिका २२ करोड ४० लाख रुपैयाँ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पत्रकारद्वय गुप्ता र सर्राफलाई साधारण तारेखमा रिहा गर्न पर्सा जिल्ला अदालतको आदेश

वीरगञ्ज । पत्रकार राहुल गुप्ता र श्याम सर्राफ पर्सा जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन । उनीहरु बिरुद्ध पर्सा क्षेत्र नं १ का साँसद बुद्धिप्रसाद पन्तले बिधुतीय कारोवार ऐन अन्र्तगत मुद्धा  गरेका थिए ।

सात विश्व कीर्तिमान बनाएका डा.आशिश विष्ट देशको सेवा गर्न भन्दै नेपाल फर्किए

काठमाडौं । डा.आशिष विष्टले आफूले विश्वस्तरमा सात वटा शैक्षिक कीर्तिमान तथा ४ वटा ग्लोबल उपाधि हासिल गरेको प्रमाणहरु सार्वजनिक गरेका छन् ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.