logo

कम स्रोत र साधनमै पनि नेपाली सेनाले उत्कृष्ट कार्य गरेको छः मुख्यमन्त्री सिंह

 इसीमाना सम्वाददाता     २०८२ जेठ १९ गते ०२: ४१ मा प्रकाशित     400   पटक पढिएको

जनकपुरधाम ।  मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले कम स्रोत र साधनमै पनि नेपाली सेनाले विपद् व्यवस्थापनदेखि शान्ति सुरक्षासम्मका क्षेत्रमा उत्कृष्ट कार्य गरिरहेको बताएका छन्।

 

सोमबार नेपाली सेनाको मध्यपूर्वी पृतना मुख्यालय, बर्दिवासद्वारा रौतहटको चन्द्रपुर नगरपालिका–१० नुनथरस्थित बागमती नदी किनारमा आयोजित ‘हातेमालो’ अभ्यासको सातौं संस्करणलाई सम्बोधन गर्दै उनले सेनाको योगदानको प्रशंसा गरेका हुन्।

 

‘सीमित स्रोतसाधनबीच पनि नेपाली सेनाले देखाएको तत्परताले हाम्रो विश्वास बढाएको छ,’ मुख्यमन्त्री सिंहले भने, ‘शान्ति सुरक्षामा सेनाको भूमिकालाई अझ प्रभावकारी बनाउन प्रदेश सरकारले पर्याप्त बजेटको व्यवस्था गर्नेछ।’

 

उनले प्रदेश सरकार सधैं सेनासँग सहकार्य गर्न तयार रहेको उल्लेख गर्दै विपद् व्यवस्थापनजस्ता क्षेत्रमा संघीय सरकारसँग पनि आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाए। ‘राष्ट्रिय सुरक्षामा सेनाको योगदान उच्च छ,’ उनले भने, ‘हामी संघीय सरकारसँग पनि समन्वय गरी सेना र सुरक्षानिकायलाई अझ सशक्त बनाउनेछौं।’

 

कार्यक्रममा नेपाली सेनाले विपद् प्रतिकार्यका क्रममा उद्धार, राहत र समन्वयको अभ्यास प्रदर्शन गरेको थियो।

 

मधेश सरकारका भूमी ब्यवस्था ,कृषि तथा सहकारी मन्त्री जनार्धन सिंह क्षेत्री , गृह संचार तथा कानुन मन्त्री राजकुमार लेखी,वन तथा वातावरण मन्त्री संजय कुमार यादव,प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.सोहन प्रसाद साह र आम संचार प्राधिकरणका अध्यक्ष जितेन्द्र खड्गा सहित पत्रकारहरुको सहभागिता रहेको थियो । 

 

कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय तहका जनप्रतिनिधि र सरोकारवाला निकायको उपस्थिति रहेको थियो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

वीरगन्जमा गर्भवती महिला उद्दार, अस्पतालमा उपचार सुरु

वीरगन्ज १२ । वीरगन्जको बहुवरी क्षेत्रबाट एक गर्भवती महिलाको उद्दार गरिएको छ। शनिबार राति नाम–थर बताउन नसक्ने अवस्थामा भेटिएकी ती महिलालाई मानव सेवा आश्रम वीरगन्जले सुरक्षित राखेको छ।

सर्लाहीमा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

बरहथवा  ।  सर्लाहीमा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवाको मृत्यु भएको छ भने, अर्का एक जना गम्भीर घाइते भएका छन् ।

खेलकुद

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।

नेपाल तेक्वान्दो संघको दोस्रो अधिवेशन सम्पन्न, श्रेष्ठ पुनः अध्यक्ष निर्वाचित

वीरगंज । नेपाल तेक्वान्दो संघ पर्साको दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले संस्थाका वर्तमान अध्यक्ष गणेशमान श्रेष्ठलाई सर्वसम्मत रूपमा पुनः अध्यक्षमा निर्वाचित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.