logo

सुनकोशी मरिण बहुउद्देश्यीय आयोजनाको निर्माणमा ढिलाई गरे ठेक्का रद्द गरिने प्रधानमन्त्री ओलीको चेतावनी

 इसीमाना सम्वाददाता     २०८२ जेठ १८ गते ०९: ४७ मा प्रकाशित     701   पटक पढिएको

जनकपुरधाम। सुनकोशी मरिण बहुउद्देश्यीय आयोजनाको निर्माणमा ढिलाई गरे ठेक्का रद्द गरिने प्रधानमनत्री केपी शर्मा ओलीले दिएका छन् ।

 

 जनकपुरधामको निधि भवनबाट ३ सय २० किलोमिटर कालोपत्रे सडकको डिजिटल शिलान्यासका क्रममा प्रमं ओलीले यस्तो भनाई ब्यक्त गरेका हुन ।

तराईको १ लाख २२ हजार हेक्टर जमीनमा सिंचाई सुविधा पुर्याउने भनेर सुरु गरिएको आयोजनाको निर्माण कार्य निकै ढिला भएको प्रति टिप्पणी गर्दै प्रमं आलीले यस्तो चेतावनी दिएका हुन ।

मधेशका जनताले लामो समय सिंचाईको प्रतीक्षामा जमीन बाँझो राख्न नसक्ने भन्दै उनले निर्माण कम्पनीलाई समयमै काम सक्न चेतावनी दिएका हुन् ।


निर्धारित समयभन्दा छिटो सुरुङ निर्माण भइसकेको भए पनि उक्त परियोजनाको बाँध, विद्युत् गृह, इलेक्ट्रोमेकानिक्स र प्रशारण लाइन तथा तटबन्धजस्ता कामले भने गति लिन सकेको छैन । यही कारण प्रधानमन्त्रीले निर्धारित समयमै आयोजनासक्न भनेका हुन् ।

राष्ट्रिय गौरवको उक्त आयोजना आर्थिक वर्ष २०८१ असारभित्र सम्पन्न गरिसक्ने लक्ष्यका साथ २०७७ सालमा निर्माण थालिएको थियो । तर  सरकारले आयोजनाको अवधि बढाउँदै लगेर २०८६ असार भित्र सक्ने भनेको छ ।


यसअघि संशोधित लागत अनुमान ४६ अर्ब १९ करोड भनिएको थियो । त्यसमा पुनः बढाएर ४९ अर्ब ४२ करोड ३१ लाख पुर्याइएको छ ।

SunkoshiMarin.jpg

यसरी आयोजनाको समय पर सार्दै जाँदा एकातिर लागत बढ्दै जाने, अर्कातिर लाभान्वीत समुदायले मुख मिठ्याएर मात्रै बस्नुपर्ने भन्दै यस प्रकारको ढिलासुस्तीलाई ‘भ्रष्टाचारभन्दा पनि खतरनाक’ भनेका छन् ।

सिन्धुलीको खुर्कोट नजिकै बाँध बाँधेर १३.३० किलोमिटर सुरुङ मार्फत् हरेक सेकेण्डमा ६७ हजार लिटर पानी मरीण नदीमा खसाल्ने गरी यो परियोजना तयार पारिएको हो ।

May be an image of 7 people, dais and text

त्यो पानीले मरीणको तीरमा निर्माण हुने ३१.०७ मेगावाट जडित क्षमताको विद्युत् गृह सञ्चालन गर्ने र त्यही पानी मरीणहुँदै बागमती नदीमाा पुर्याउने योजना छ । त्यसपछि हालको बागमती सिंचाई परियोजनाबाट धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लमा १ लाख २२ हजार हेक्टरमा बाह्रैमहिना सिंचाई सुविधा उपलब्ध गराउने योजना छ ।

बागमती सिंचाई आयोजनाले अहिले पनि ४५ हजार ६ सय हेक्टरमा सिंचाई गरिरहेको छ । सुनकोशीको पानी खसालिसकेपछि १ लाख १६ हजार ४ सय हेक्टरमा थप सिंचाई हुने अपेक्षामा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयद्वारा यो परियोजनाको निर्माण थालिएको छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पत्रकारद्वय गुप्ता र सर्राफलाई साधारण तारेखमा रिहा गर्न पर्सा जिल्ला अदालतको आदेश

वीरगञ्ज । पत्रकार राहुल गुप्ता र श्याम सर्राफ पर्सा जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन । उनीहरु बिरुद्ध पर्सा क्षेत्र नं १ का साँसद बुद्धिप्रसाद पन्तले बिधुतीय कारोवार ऐन अन्र्तगत मुद्धा  गरेका थिए ।

सात विश्व कीर्तिमान बनाएका डा.आशिश विष्ट देशको सेवा गर्न भन्दै नेपाल फर्किए

काठमाडौं । डा.आशिष विष्टले आफूले विश्वस्तरमा सात वटा शैक्षिक कीर्तिमान तथा ४ वटा ग्लोबल उपाधि हासिल गरेको प्रमाणहरु सार्वजनिक गरेका छन् ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.