logo

मधेश सरकारको देखीने काम,तीन सय बीस किमी कालोपत्रे सडकको प्रम ओलीले शिलान्यास गर्ने

 इसीमाना सम्वाददाता     २०८२ जेठ १७ गते ०१: १८ मा प्रकाशित     676   पटक पढिएको
जनकपुरधाम । मधेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक कालोपत्रे सडक’ योजनाको तयारी पूरा भएको छ।
 
मधश सरकारका भौतीक पूर्वाधार मन्त्री सरोज यादवले नयाँ सडक निर्माणका लागि आवश्यक सबै प्रशासनिक प्रक्रिया पूरा भइसकेको बताए ।
 
३ सय २० किलोमिटर कालोपत्रे सडक निर्माणकालागि  १३ अर्ब ५० करोड रुपियाँ विनियोजन गरिएको छ ।  
मधेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक कालोपत्रे सडक’ योजना शिलान्यासको तयारी पूरा
 
यसले ग्रामीण क्षेत्रलाई शहर संग जोड्ने र स्थानीय विकासमा योगदान पुर्याउने लक्ष्य लिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १८ गते (आईतबार) जनकपुरधामबाट यस योजनाको डिजिटल शिलान्यास गर्ने कार्यक्रम तय भएको छ।
 
यस योजनाअन्तर्गत मधेश प्रदेशका ६४ वटै प्रदेशसभाका निर्वाचन क्षेत्रमा पाँच–पाँच किलोमिटरका दरले कुल ३ सय २० किलोमिटर कालोपत्रे सडक निर्माण गरिनेछ।
 
 
भौतिक पूर्वाधार विकास मन्त्री सरोज यादवले यो योजना मन्त्रालयको मात्रै नभई सम्पूर्ण मधेश प्रदेशबासीको भएको बताएका छन्। उनले यो योजनालाई प्रदेशको गौरबको योजना भएको समेत बताए ।
 
 
प्रदेश सरकारहरुले एकै पटक करिव १४ अर्वको लागतको योजनाको शिलान्यास गर्ने यो पहिलो कार्यक्रम पनि हो ।  यस अघि प्रधानमन्त्री के.पी.ओली हुदा नै स्वास्थ्य केन्द्र सहित अन्य योजनाहरुको डिजिटल शिलान्यास भएको थियो ।
 
 
मधेश प्रदेश सरकारको यो योजनालाई पनि महत्वपूर्ण र सरकारको देखिने कामको रुपमा मधेशवासीले बुझेका छन ।  
 
यस सडक निर्माणबाट कृषि उत्पादन बजारसम्म पुर्याउन सजिलो हुने, आपतकालीन सेवा सहज हुने, रोजगारी सिर्जना हुने, व्यापार, पर्यटन तथा स्थानीय उद्योगधन्दा प्रवर्द्धनमा समेत मद्दत पुग्ने विश्वास गरिएको छ।
 
 
शिलान्यास कार्यक्रम जनकपुरधामस्थित महेन्द्रनारायण निधि सभागृहमा आयोजना हुने मन्त्री यादवले जनाएका छन । 
 
मन्त्री यादवले यस्ता योजनालाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्। यस योजनाले जनतालाई प्रत्यक्ष लाभ पुर्याउने भएकाले सन्देशमूलक बनाउन जरुरी रहेको उनको भनाइ छ।
 
Govt's priority: 'Buddhisingh road as alternative to Prithivi Highway'
 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

पर्सा प्रहरीद्वारा १२ लख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

खेलकुद

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।

हनामी बीएफसी फाइनलमा, रिगल एन्फा मकवानपुर टाइ–ब्रेकरमा पराजित

निर्मलबस्ती ३०। स्व. रामबहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत शुक्रवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा हनामी बीएफसी चितवनले रिगल एन्फा मकवानपुरलाई टाइ–ब्रेकरमा ५–४ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.