logo

तस्कर र तस्करी बारामा “सिफ्ट” युनिट कमाण्डर पनि बाँकी रहेनन

 इसीमाना सम्वाददाता     २०८२ जेठ १० गते ०८: ०९ मा प्रकाशित     951   पटक पढिएको


कलैया। बारा प्रहरी प्रमुख सन्तोष तामाङ आदर्श र इमान्दारीको राग अलाप्न निकै माहिर छन ।

 

उनी इमान्दारीता र ब्यवसायीक निष्ठाको पक्षमा जती तर्कशिल भएर प्रस्तुत हुन्छन ब्यवहारमा त्यसको ठयाक्कै उल्टो भएको कुरा बारामा बढ्दै गएको अनधिकृत कारोवारले छर्लङ्ग पारेको छ । 


तमाङ्ग प्रहरी प्रमुखको रुपमा बाराको नेतृत्वमा आएपछि  वीरगंजलाई आधार बनाएर तस्करी गरिरहेका तस्करहरु बारामा “सिफ्ट” भएका छन ।

 

तस्करीकालागि सहज बनेको बारामा, बारा प्रहरी प्रमुखले प्रहरीका युनिटमा खटाइने कमाण्डरसंग बाट पनि नाजाज फाइदा लिने गरेको तथ्य सार्वजनीक भएको छ । स्रोतका अनुसार युनिट प्रमुखहरुले एसपी तमाङ्गलाई मासिक रुपमा नजराना बुझाउनु पर्ने अवस्था छ । 

यसरी खटाइएका युनिट प्रमुखरुको तीन महिना अवधि तोकिएको हुन्छ । जुन यनिट प्रमुख प्रहरी उपरिक्षक तमाङ्गको सेवा सत्कारमा अब्बल  ठहर हुन्छन उनको अवधि थप गरिने आश्वासन उनैले दिएर युनिट प्रमुखहरुलाई “मोटिभेट”समेत गर्ने गर्दछन ।

 

यो त प्रहरी भित्रको कुरा भयो जसले तस्करी गर्छ त्यस्ता तस्करहरुले पनि महिनावारी रुपमा एसपी तमाङ्गलाई नजराना बुझाउने गरेका छन । तमाङ्गको असुलीतन्त्रलाई अहिले प्रहरी निरीक्षक खेमप्रसाद नेपाल ब्यवस्थापन गर्ने जिम्मा पाएका छन ।

 

उनी सुन तस्करी गरेको अभियोगमा प्रहरी सेवाबाटै बर्सास्त समेत भएका ब्यक्ति हुन । एसपी तमाङ्ग र नेपाल झापाका त्यो पनि छिमेकी नै हुन ।

 

पहिले देखिनै उनीहरुका वीचमा राम्रो तालमेल मिल्दै आएको स्रोतले जनायो । नेपालको असुली धन्दामा असई बलबहादुर तामाङलाई पनि समावेश गराइएको छ । 


वीरगंज भएर भारत तर्फ हुने कवाडीको तस्करी अहिले बाराबाट हुन थालेको छ  । तस्करसँग सेटिङ मिलेपछि सीमा क्षेत्रमा सशस्त्र र नेपाल प्रहरीको  टोलीले तस्करी नियन्त्रणमा आँखा चिम्लिदिँदा बारा अहिले तस्करकालागि सुरक्षीत बनेको छ । 

बाराको कचोरवा, सिमरौनगढ, बेलदारी, कबही, मटिअर्वा, छतवा, गण्डक नाकाबाट तस्करीको कारोवार निर्वाध रुपमा भइरहेको स्रोतको दावी छ ।

 

यी नाकाबाट प्याज, आलु, कपडा, मोटरपार्टस्, लताकपडा, किराना सामान, पान मसाला, सुर्तीजन्य पदार्थ रजनीगन्धा, गुटखा भन्सार राजस्व छली गरी भित्रिन्छ। वारिबाट मदिरा, चिनियाँ स्याउ, मटर, ग्याँस लाइटर, गाँजा पारि पु¥याइन्छ।


बारामा प्रहरीले आफनो नागरिक साझेदारी कार्यक्रम अन्तर्गतका सार्वजनीक सुनवाई जस्ता कार्यक्रमहरु जिल्लाको उत्तरी भेगमा आयोजना गर्छ ।

 

महेन्द्रराजमार्ग आसापासमा अनधिकृत कारोवारका केही सामान समातेर भन्सार बुझाएको पनि देखाउछ तर बाराको  दक्षीण भेग जसको सीमा भारतसंग जोडिएको छ त्यता प्रहरीको यो भूमिका नगन्य मात्रामा रहेको पाइन्छ । यस बिषयमा एसपी तमाङ्गसंग प्रतिक्रिया लिन मोवाइल सम्पर्क गर्ने प्रयास गर्दा सम्र्पक हुन सकेन ।

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

लमजुङमा प्रेस चौतारी अध्यक्षको घरमा आक्रमण, महासंघ र चौतारीको कडा निन्दा

वीरगन्ज । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेको लमजुङको बेँसीसहरस्थित निजी निवासमा गएराति अज्ञात समूहले ढुंगा प्रहार गरी तोडफोड गरेको घटनाप्रति नेपाल पत्रकार महासंघले निन्दा व्यक्त गरेको छ।

भारतका विभिन्न स्थानबाट १६ नेपाली बालबालिकाको उद्धार

जनकपुरधाम । भारतका विभिन्न सहरमा कार्यरत १६ नेपाली बालबालिकाको उद्धार गरी उनीहरूलाई आज जनकपुरधाममा परिवारको जिम्मा लगाइएको छ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.