logo

सरकारी सञ्चारमाध्यमलाई संचारमन्त्रीको निर्देशन नेताको प्रचार नगर्नु, विकासको चर्चा गर्नु

 इसीमाना सम्वाददाता     २०८२ जेठ ५ गते ०४: ४९ मा प्रकाशित     440   पटक पढिएको
काठमाडौँ ।  सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारी सञ्चारमाध्यमलाई कुनै नेताहरुको प्रचार नगरी मुलुकमा भएका विकासको चर्चा गर्न आग्रह गरेका छन ।
 
सार्वजनिक सेवा प्रसारण नेपाल (पिएसबी) संस्थाले आज नेपाल टेलिभिजनमा ‘सार्वजनिक सेवा प्रसारण नेपाल रुपान्तरण बहसः विविधता, विशिष्टता, पहुँच, प्रभाव र प्रवर्द्धन’ विषयमा आयोजना गरेको छलफल कार्यक्रममा सञ्चारमन्त्री गुरुङले सार्वजनिक सेवा प्रसारणले नेपाली जनताको आवाज र जनताको प्रतिनिधित्व गर्ने हुँदा अबको कार्यदिशालाई समयसापेक्ष रुपान्तरण गर्न सुझाव दिएका छन ।
 
 
पिएसबीले उठान गर्ने मुद्दाहरुमा राष्ट्रिय एकताको भाव जगाउने, जनताको दुःख मर्कालाई उजागर गर्ने, समृद्धि र सुशासनमा जोड पुर्‍याउने खालका विषयवस्तु हुनुपर्ने मन्त्री गुरुङले बताए  । 
सरकारी मिडियाले नेताको प्रचार नगर्नू, विकासको चर्चा गर्नू : सञ्चारमन्त्री गुरुङ
 
रेडियो नेपाल र नेपाल टेलिभिजन उमेरले पाको भएर मात्रै चित्त बुझाउने बेला नभएको उल्लेख गर्दै उनले  अब युग अनुकूलको कार्य सम्पादन गरेर प्रतिस्पर्धामा उत्रिन सुझाव दिए  ।
 
मन्त्री गुरुङले भने, “रेडियो नेपाल र नेपाल टेलिभिजन उमेरले पाको भएर मात्रै पुगेन, अब समय अनुकूलको कार्य क्षमता प्रदर्शन गरेर अघि बढ्नुपर्छ ।” 
 
सरकारले गरेका गलत कार्यलाई सुधार गर्ने मार्गचित्रका रुपमा पिएसबी देखा पर्नुपर्ने उनको तर्क थियो । यद्यपि समाजमा राष्ट्रिय एकता र सद्भाव जगाउन र  समावेशी मुलुक बनाउनुपर्ने मन्त्री गुरुङले बताए  । संसारमा नेपालको पहिचान स्थापित गराउन ‘एनटिभी वल्र्ड’ सुरु गर्न पनि उनले सुझाव दिए  ।
 
सञ्चार सचिव राधिका अर्यालले पिएसबीको सही मोडल अनुसारका कार्य गर्न सुझाव दिइन । 
 
पिएसबीका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले जनता पहिलो भन्ने भावका साथ पिएसबीका हरेक कार्यक्रम सिर्जना गरिने बताउँदै यसका लागि विज्ञहरुसँग छलफल गरिएको बताए  । नेपाल टेलिभिजन र रेडियो नेपाल अब जनताको आवाज मुखरित गर्न कटिबद्ध हुने उनको भनाइ थियो ।
–––

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सुनसरी दुर्घटना , मृतकको सङ्ख्या पाँच पुग्यो

इनरुवा । सुनसरी भोक्राहा–नरसिंह गाउँपालिका–३ जलुवा टोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज भएको सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।

भूमिहीनलाई जग्गा वितरणको तयारी, ७ दिनभित्र हकदावी पेश गर्न आयोगले निकाल्यो  सूचना

वीरगंज ।  नेपाल सरकारको भूमि समस्या समाधान आयोग, जिल्ला समिति पर्साले सखुवा प्रसौनी गाउँपालिकाको बिभिन्न वडामा बसोबास गर्दै आएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अब्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउने प्रक्रियाबारे ७ दिने  सार्वजनिक सूचना जारी गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.