logo

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

 इसीमाना सम्वाददाता     २०८२ जेठ ४ गते ०१: ५३ मा प्रकाशित     553   पटक पढिएको

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।


बहुदरमाई नगरपालिका–२, पिपरास्थित तिलावे नदी किनारमा रहेको बहुदरमाई मन्दिर नजिकको खेल मैदानलाई व्यवस्थित गर्न क्रिकेट मैदान निर्माण कार्यको शिलान्यास गरेका हुन।

 

मधेश प्रदेश सरकारअन्तर्गतको खेलकुद तथा समाज कल्याण मन्त्रालयको २५ लाख रुपैयाँको बजेटमा यो परियोजना सुरु गरिएको हो। 

 

शिलान्यास कार्यक्रममा बहुदरमाई–४ का वडाध्यक्ष सुरेन्द्र यादव, वडा नं– ५ का वडाध्यक्ष सुनिल कुशवाहा, गाउँपालिकाका कार्यपालिका सदस्य मुखदेव प्रसाद साह, समाजसेवी अधिवक्ता सुनिल कुशवाहालगायतको सहभागिता रहेको थियो।

 

निर्माण कार्य अन्तर्गत मैदानलाई पर्खाल लगाउने, माटो पुर्ने, ग्राउण्ड बनाउने, र पिच निर्माण गर्ने कार्यहरू समावेश छन्। एमाले नेता पटेलले यो सबै काम यही वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिए।

May be an image of 7 people, temple and text

क्रिकेट मैदानको निर्माणले स्थानीय युवाहरूलाई खेलकुदमा सहभागी हुन प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ। यसले मधेश प्रदेशमा खेलकुद पूर्वाधार विकासमा योगदान पुर्‍याउनेछ।

 

नेपालमा क्रिकेटको लोकप्रियता दिनप्रतिदिन बढ्दै गएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) जस्ता प्रतियोगिताहरूले देशभरि क्रिकेटप्रतिको उत्साह बढाएका छन्।

 

क्रिकेट मैदानको निर्माणले बहुदरमाई क्षेत्रका युवाहरूलाई खेलकुदमा सक्रिय बनाउने र स्थानीय स्तरमा खेलकुदको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.