logo

आँखादान मानवीय कर्तव्य होः महानगरप्रमुख सिंह

 इसीमाना सम्वाददाता     २०८२ जेठ २ गते ०७: ३७ मा प्रकाशित     299   पटक पढिएको

वीरगंज । “ दृष्टिविहीनका लागि दृष्टि”भन्ने नाराका साथ वीरगंज महानगरपालिकाको सहकार्यमा तेरापंथ युवक परिषद् वीरगंजले जनजागृत कार्यक्रम सञ्चालन गरेको छ।

 

कार्यक्रमको उद्देश्य मृत्यु पश्चात् आँखादानको महत्वबारे जनमानसमा चेतना फैलाउनु रहेको छ। “कसैको अन्धकारमा उज्यालो बन्नुहोस्” भन्ने सन्देश बोकेको यो अभियानले वीरगंजवासीलाई आँखादानजस्तो महान कार्यप्रति प्रेरित गरिरहेको छ।

 

कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले आँखादानजस्तो मानवीय कार्यमा महानगरको साथ रहेको उल्लेख गर्दै भने, आँखादान केवल एक सामाजिक कार्य होइन, यो मानवीय कर्तव्य हो।

 

हामी सबै मिलेर यस्तो अभियानलाई सफल बनाउनु पर्छ, ताकि मृत्युपछि पनि हाम्रो योगदानका कारण कसैको जीवन उज्यालो बनोस। प्रमुख सिंहले वीरगंज महानगरपालिका सदैव यस्ता जनहितका प्रयासमा अगाडि रहने बताए । 


वीरगंज महानगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुलाई आज आँखा दान सम्बन्धमा जनमानसमा रहेका भ्रम तथा यथार्थका बारेमा जानकारी दिइएको थियो ।

आयोजक संस्था तेरापंथ युवक परिषद् वीरगंजका अनुसार, आँखादानको विषयमा अझै पनि समाजमा पर्याप्त जानकारीको अभाव रहेको छ ।  

 

अभियानले  नागरिकहरूलाई आँखादानको प्रक्रियाबारे सही जानकारी दिनुका साथै, मृत्युपछि कसरी आफ्ना आँखा कसैको जीवनमा प्रकाश बन्न सक्छ भन्नेबारे जागरूक गराउने काम भइरहेको छ ।

कार्यक्रममा  राजु वैदले परिषद्ले सेवा, संस्कार र संगठनको त्रिआयामीक उद्देश्यसहित कार्य गरिरहेको भन्दै आँखा दान कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । 

 

कार्यक्रममा उद्योगी अशोक वैद, महानगरपालिकाका जनप्रतिनिधि  विभिन्न शाखा महाशाखाका प्रतिनिधि,  समाजसेवी तथा युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


आयोजकहरूका अनुसार यस्ता जनचेतनामूलक अभियानलाई निरन्तरता दिइनेछ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक १६ बुँदे निर्णय गर्दै सम्पन्न

बेल्जियम । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक यही जुन ९  मा बेल्जियमको आन्त्वर्पेन शहरमा सम्पन्न भएको छ ।

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

समाज

वीरगंज महानगरले छुट्टी बढायो, अव असार ६ मा बिद्यालयले खुल्ने

वीरगन्ज । वीरगंज महानगरपालिकाले बिद्यालयको छुट्टी बढाएको छ । यस अघि महानगरपालिका शिक्षा शाखाले असार १ गते आइतबारदेखि  बिद्यालय संचालन हुने गरि बिदा दिएको थियो ।

विकास र पुनर्निर्माणको विकल्प रास्वपा मात्रः सभापति पन्त

बहुदरमाई  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति हरि पन्तले देश समृद्धिको दिशामा अगाडि बढ्नका लागि नेपालवाद आवश्यक रहेको बताए ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.