logo

प्रेस चोतारी नेपाल मधेशका  संस्थापक अध्यक्ष महतको महाप्रस्थान, पत्रकार र जनसमुहद्वारा अन्तिम बिदाई

 इसीमाना सम्वाददाता     २०८२ जेठ १ गते ०७: ४० मा प्रकाशित     548   पटक पढिएको

चन्द्रनिगाहपुर । रौतहटका स्थापित पत्रकार फणिदेव महतको मंगलबार साँझ निधन भएको छ। लामो समयदेखि ब्रेन ट्युमरबाट पीडित महतको काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो।

रौतहटको चन्द्रनिगाहपुर निवासी महत प्रेस चौतारी नेपाल, मधेस प्रदेशका संस्थापक अध्यक्ष तथा फोटो पत्रकार महासंघ मधेश प्रदेशका महासचिव समेत थिए।

 

पत्रकाNo photo description available.रिता क्षेत्रमा उनले निडर, निष्पक्ष र जनपक्षीय पत्रकारितालाई आफ्नो जीवनभर निरन्तरता दिँदै आएका थिए।

उनको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कर्मठ, सक्षम र सिद्धान्तनिष्ठ पत्रकार गुमाएको सञ्चारकर्मीहरूले बताएका छन्। प्रेस चौतारीसहित विभिन्न पत्रकार संगठनहरूले उनको निधनप्रति गहिरो शोक व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।

 

नेपाल पत्रकार महासंघले उनको पार्थिव शरीरमा महासंघको लोगो अंकित झण्डा ओढाएर सम्मान प्रकट गरेको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति सयोजक, मधेशका अध्यष श्याम बन्जारा,रौतहटका अध्यक्ष संजयकार्कीले झण्डा ओढाएका थिए ।

 

त्यसैगरि प्रेस चौतारी नेपालका उपमहासचिव हरिबल्लव नेपाल, मधेशका इन्चार्ज अच्यूत पौडेल केन्द्रीय सदस्यहरु इन्दिप कोइराला ,रमेश तिमिलसीना, बख्तियार अली , प्रेमचन्द्र झा, रौतहटका अध्यक्ष अशोक पहाडी र सर्लाहीका अध्यक्ष अच्यूतम सापकोटाले प्रेस चौतारीको लोगो सहितको झण्डा ओढाएर संगठनको तर्फबाट सम्मान प्रकट गर्दै अनितम बिदाई गरेका थिए । 


नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले एक बिज्ञप्ति जारी गरी उहाँको निधनले एक कुशल मेशहनती निडर जुझारु एवं उर्जाशिल पत्रकार गुमाएको उल्लेख गरेको छ । संगठनका महासचिव रामप्रसाद दाहालद्वारा जारी बिज्ञप्ति मार्फत स्व.महत प्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । 

स्व. महतको योगदानले मधेस प्रदेशको पत्रकारिता क्षेत्रमा विशेष प्रभाव पारेको थियो। उनका सहकर्मीहरूका अनुसार, उनी समाज परिवर्तनमा कलममार्फत सधैं सक्रिय रहने पत्रकार थिए।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

वीरगंज कारागारका सबै कैदीबन्दको भाग्ने प्रयासमा सुरक्षा निकायको अवरोध कैदीबन्दी सुरक्षीत

वीरगञ्ज । वीरगको कारागार प्रशासनले एक बिज्ञप्ति जारी गरि कारागारका कैदी बन्दी सबै सुरक्षीत रहेको जनाएको छ । कैदी बन्दीहरुले भाग्ने प्रयास गरेको तर भाग्यो योजना सफल नभएको जनाएको छ ।

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.