logo

नेपालले चीनविरुद्ध कुनै पनि गतिविधिका लागि आफ्नो भूमि प्रयोग हुन दिदैनः सभापति देउवा

 इसीमाना सम्वाददाता     २०८२ बैशाख २२ गते ०९: १९ मा प्रकाशित     912   पटक पढिएको

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले चीनविरुद्ध कुनै पनि गतिविधिका लागि आफ्नो भूमि प्रयोग हुन नदिने स्पष्ट पारेका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले नेपाल एक चीन नीतिमा अडिग रहेको बताएका हुन् । उनले भने, ‘नेपालको भूमि चीनको खिलाफ प्रयोग हुन दिइने छैन।’

 

कार्यक्रममा सभापति देउवाले चीनले नेपालको पूर्वाधार विकास, व्यापार, पर्यटन, संस्कृति, जलवायु परिवर्तन र वातावरणीय संरक्षणका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको उल्लेख गरे।

 

‘म विश्वास गर्छु, चीनले आगामी दिनमा पनि नेपालको विकासमा थप सहयोग गर्नेछ,’ उनले भने, ‘आजको यो फोटो प्रदर्शनीले चीनसँगको सम्बन्धलाई अझ बलियो बनाउनेछ र दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउनेछ।’

 

देउवाले नेपाल–चीन सम्बन्ध समानता, पारस्परिक हित र शान्तिपूर्ण सहअस्तित्वमा आधारित रहेको बताए । साथै, दुई देशबीचको सांस्कृतिक र शैक्षिक सम्बन्धलाई अझ सुदृढ बनाउने र जनस्तरसम्मको सहकार्यलाई प्रवर्द्धन गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने धारणा राखे ।

‘नेपालले स्पष्ट रूपमा चीनसँगको मित्रता र चाइना पोलिसीलाई कायम राखेको छ,’ देउवाले भने, ‘म मित्रराष्ट्र चीनविरुद्ध नेपालको भूमि प्रयोग नहुने विश्वास दिलाउन चाहन्छु।

 

’ उनले नेपाल–चीन सम्बन्ध परापूर्वकालदेखि नै अटल, अमर र आपसी विश्वासमा आधारित रहेको पनि स्मरण गरे ।

 

 
 
प्रतिक्रिया

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

बैशाख महिनामा १ सय ४४ मुद्धा दर्ता गरेर अनुसन्धान गर्दै पर्सा प्रहरी

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बैशाख महिनामा १ सय ४४ वटा मुद्धा दर्ता गरेर अनुसन्धान शुरु गरेको जनाएको छ ।

इँटाको चाङ खस्दा तीन मजदुरको मृत्यु, दूई घाइते

हरिपुर । सर्लाहीको हरिपुर नगरपालिका–५ मजुर्वास्थित कृष्ण इँटा उद्योगमा इँटाको चाङ खस्दा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.