logo

नयाँ साहसी संसारमा पत्रकारिता, प्रेस स्वतन्त्रतामा कृत्रिम बुद्धिमत्ताको प्रभावका बिषयमा काठमाण्डौमा दक्षिण एसियाली क्षेत्रीय सम्मेलन सम्पन्न

 इसीमाना सम्वाददाता     २०८२ बैशाख २१ गते ०८: ३४ मा प्रकाशित     312   पटक पढिएको

काठमाण्डौ  ।  संयुक्त राष्ट्रसंघकी नेपालस्थित आवासीय संयोजक हना सिङ्गर हम्दीले पत्रकारहरुलाई तिब्रगपतमा परिर्वतन भइरहेको डिजिटल युगमा काम गर्न स्रक्ने उपकरणहरु प्रदान गर्न सक्नु पर्ने बताएकी छिन ।

 

विश्व प्रेस स्वतन्त्रता दिवस २०२५को अवसरमा काठमाडौंमा आयोजित दक्षिण एसियाली क्षेत्रीय सम्मेलनको उदघाटनमा उनले यस्तो बताएकी हुन ।

May be an image of 7 people, table and text

 

प्रेस स्वतन्त्रता दिवसको यस वर्षको नारा नयाँ साहसी संसारमा पत्रकारिता, प्रेस स्वतन्त्रतामा कृत्रिम बुद्धिमत्ताको प्रभावका बिषयमा सम्मेलनमा गहन छलफल भएको थियो । 


कृत्रिम बुद्धिमत्ता र प्रेस स्वतन्त्रताबीचको सम्बन्धमा गहिरो छलफल भएको कार्यक्रममा हाम्दीले कृत्रिम बुद्धिमत्ताको  प्रयोग पत्रकारिताको र पेशागत सुरक्षाकोलागि प्रयोग हुनु पर्नेमा जोड दिइन । उनले सिमान्तकृत र महिला पत्रकारहरुले काम गर्ने वतावरण निर्माण बिशेष ध्यान दिनु पर्नेमा जोड दिइन । 

May be an image of 8 people, table and lighting

नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले  पत्रकारहरूले आफ्ना कार्यक्षेत्रमा एआई  र नयाँ प्रविधिको प्रयोग थालिसकेका छन्, त्यसैले अब तिनीहरूलाई आवश्यक तालिम दिनु अपरिहार्य भएको बताइन ।

 

उनले सरोकारवालाहरूको सहभागितामा कानुन बनाउनु पर्ने ्त्यसो भएमात्र कानुनहरू सञ्चारमाध्यम र सञ्चारकर्मीहरूका पक्षमा बलियो र प्रभावकारी बन्न सक्ने बताइन  ।

May be an image of 9 people and text

युनेस्कोका नेपाल प्रतिनिधि ज्याको डु टुइटले सञ्चार उद्योगमा एआ्इक्ष् प्रयोग गर्दा सधैं अधिकारमा आधारित दृष्टिकोण लिनुपर्छ र विभिन्न सरोकारवाला पक्षको ठोस सिफारिसका आधारमा यस्तो प्रणाली विकास गर्नुपर्छ जसले सञ्चारमाध्यमलाई फस्टाउन सहयोग पुर्याउने बताए 

विश्व प्रेस स्वतन्त्रता दिवस २०२५को अवसरमा काठमाडौंमा आयोजित दक्षिण एसियाली क्षेत्रीय सम्मेलनमा  बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल र श्रीलंकाका पत्रकार, नीतिनिर्माता, विज्ञ, शैक्षिक व्यक्तित्व र डिजिटल अधिकारकर्मीहरू सहभागी थिए।


 सम्मेलनमा भ्रामक सूचना, गलत जानकारी, पत्रकारिता नैतिकता, सञ्चारमाध्यमको दिगोपन, र प्रेस स्वतन्त्रतामा पर्ने प्रभाव जस्ता चुनौतीहरूको पनि गम्भीर समीक्षा गरियो।

युनेस्कोको आयोजनामा, नेपाल सरकार, नेपाल पत्रकार महासंघ, अन्तर्राष्ट्रिय पत्रकार महासंघ, र अनुसन्धानात्मक पत्रकारिता केन्द्र नेपालको सहकार्यमा आयोजित सम्मेलनमा एआईको  को प्रभाव, एल्गोरिदम पूर्वाग्रह, सम्पादकीय निर्णयका चुनौतीहरू, र पत्रकार सुरक्षासम्बन्धी मुद्दाहरू छलफल भएको थियो  ।

May be an image of 8 people, suit and text

सम्मेलनमा क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरका सरोकारवालाहरूले पत्रकार सुरक्षाको लागि सहयोग, नैतिक क्ष् नीतिको प्रवर्द्धन, र प्रेस स्वतन्त्रता तथा सूचनाको पहुँच सुनिश्चित गर्ने विषयमा छलफल गरे। 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक १६ बुँदे निर्णय गर्दै सम्पन्न

बेल्जियम । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक यही जुन ९  मा बेल्जियमको आन्त्वर्पेन शहरमा सम्पन्न भएको छ ।

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

समाज

जिल्ला प्रहरीलाई अनुसन्धान प्रगती पेश गर्न उच्च अदालतको आदेश

वीरगंज । उच्च अदालत जकपुर अस्थाई इजलाश वीरगंजले जिल्ला प्रहरी कार्यालय पर्सालाई नागरिकता किर्ते सम्बनधी एउटा घटनाको अनुसन्धान प्रगती पेश गर्न आदेश गरेको छ ।

रक्तसंचार केन्द्रलाई वीरगंज वडा नं ३ र बहुदरमाई नगरपालिकाले उपलब्ध गरायो सहयोग

वीरगंज । वीरगंज महानगरपालिका वडा नं ३ का वडाध्यक्ष बैजु स्वर्णकारले रेडक्रस सोसाईटी पर्सा द्वारा संचालित रक्तसंचार केन्द्रलाई एक थान एसी उपलब्ध गराएका छन ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.