logo

बिश्व प्रेस स्वतन्त्रता दिवसको  अवसरमा वीरगंजमा प्रभात फेरी,लोकतान्त्रिक समाजमा मात्र स्वतन्त्र प्रेसको रक्षा हुने बिश्वास ब्यक्त

 इसीमाना सम्वाददाता     २०८२ बैशाख २० गते ०६: ५८ मा प्रकाशित     300   पटक पढिएको

वीरगन्ज। नेपाल पत्रकार महासंघ पर्सा शाखा वीरगन्जले शनिबार बिहान वीरगन्जमा प्रभातफेरी गरी विश्व प्रेस स्वतन्त्रता दिवस मनाएको छ।

 घन्टाघरबाट प्रारम्भ भएको प्रभातफेरी कार्यक्रम माईस्थान, आदर्शनगर हुँदै पुनः घन्टाघर पुगेर कोणसभामा परिणत भएको थियो।


 प्रभातफेरीको उद्देश्य अभिव्यक्ति स्वतन्त्रता, प्रेसको निष्पक्षता तथा पत्रकार सुरक्षाको मागसहित समाजमा प्रेसको महत्वबारे जनचेतना फैलाउनु रहेको थियो ।


कार्यक्रममा नेपाल पत्रकार महासंघ  सचिव अशोक तिवारीले पछिल्लो समय मुलुकमा प्रेस  स्वतन्त्राको हनन भइरहेको बताए । उनका अनुसार राज्यकै निकायबाट प्रेस स्वतन्त्रताको हनन भइरहेको देखिएको छ ।

नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समितिका संयोजक के.सी.लामिछानेले विश्व प्रेस स्वतन्त्रता दिवसले राज्यलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्न एवं पत्रकारहरूलाई सत्य, निष्पक्ष, नैतिक र उत्तरदायी पत्रकारिता गर्नतर्फ प्रेरित गर्ने बताए।

 

उनले प्रजातन्त्रको अभावमा प्रेस स्वतन्त्रताको अभ्यास  गर्न नसकिने प्रष्ट पार्दै लोकतन्त्रको रक्षा पत्रकारहरुको भूमिका पनि अवश्यक रहेको बताए ।

 

 यसैगरी नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बन्जाराले पनि पछिल्लो समय पत्रकार र सञ्चारमाध्यममा आक्रमणका घटना बढिरहेको बताए । यस्ता घटनामा संलग्नहरुलाइ राज्यले तत्काल कारबाही गर्नुपर्ने आवश्यकता रहेकोमा उनले जोड दिए ।

महासं पर्साका अध्यक्ष ओमप्रकाश खनालले प्रेस स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै पत्रकारहरूलाई सधैं सचेत, निडर र उत्तरदायी भूमिका निर्वाह गर्न आह्वान गरे।

 

उनले सञ्चारमाध्यममाथि देखिने विभिन्न प्रकारका प्रत्यक्ष तथा अप्रत्यक्ष दबाबहरूप्रति चिन्ता व्यक्त गर्दै, स्वतन्त्र प्रेसका लागि सशक्त नागरिक सहयोग आवश्यक रहेको धारणा राखे।

 

कार्यक्रमको अध्यक्षता नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओम प्रकाश खनालले गरेका थिए भने कार्यक्रमको संचालन महासंघका सह सचिव अजय चौरसियाले  गरेका थिए। 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक १६ बुँदे निर्णय गर्दै सम्पन्न

बेल्जियम । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक यही जुन ९  मा बेल्जियमको आन्त्वर्पेन शहरमा सम्पन्न भएको छ ।

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

समाज

जिल्ला प्रहरीलाई अनुसन्धान प्रगती पेश गर्न उच्च अदालतको आदेश

वीरगंज । उच्च अदालत जकपुर अस्थाई इजलाश वीरगंजले जिल्ला प्रहरी कार्यालय पर्सालाई नागरिकता किर्ते सम्बनधी एउटा घटनाको अनुसन्धान प्रगती पेश गर्न आदेश गरेको छ ।

रक्तसंचार केन्द्रलाई वीरगंज वडा नं ३ र बहुदरमाई नगरपालिकाले उपलब्ध गरायो सहयोग

वीरगंज । वीरगंज महानगरपालिका वडा नं ३ का वडाध्यक्ष बैजु स्वर्णकारले रेडक्रस सोसाईटी पर्सा द्वारा संचालित रक्तसंचार केन्द्रलाई एक थान एसी उपलब्ध गराएका छन ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.