logo

पछाडि पारिएको वर्गले  अवसर पाउनु संघर्षकै उपलब्धि होः गृहमन्त्री लेखी

 इसीमाना सम्वाददाता     २०८२ बैशाख १९ गते ०६: २७ मा प्रकाशित     234   पटक पढिएको

वीरगंज । मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले पछाडि पारिएको वर्गले अवसर पाउनु संघर्ष र संघीयताकै उपलब्धि भएको बताएका छन।


मन्त्री लेखीले शुक्रबार वीरगंजको बृन्दावन होटेलमा आयोजित “स्थानीय तहको न्यायिक समितिलाई न्याय सम्पादन सम्बन्धी पूनर्ताजगी तालिम कार्यक्रम” को उद्घाटन सत्रलाई सम्बोधन गर्दै यस्तो बताएका हुन ।


 मन्त्री लेखीले नागरिकको  संघर्षबाट नै अधिकारसहितको संघीय शासन व्यवस्था प्राप्त भएको बताए। उनले भने संघीयताकै कारण नेपाली जनताले तीन तहको सरकार  पाएका छ्न। 


अहिले तीनवटै तहमा हजारौं हजारको संख्यामा पछाडि परेका वा पारिएका वर्ग, महिला,आदिवासी,जनजातिहरुले अवसरहरु पाएको बताए ।

No description available.
मन्त्री लेखीले तालिममार्फत न्याय सम्पादन प्रणालीमा स्थानीय तहको भूमिका थप प्रभावकारी हुने विश्वास व्यक्त गरे।


कार्यक्रम वैशाख १९ र २० गते गरि दुई दिन सम्म   वीरगंजमा संचालन हुनेछ। कार्यक्रममा पर्सा जिल्ला अदालतका माननीय न्यायाधीशहरु नन्दकिशोर प्रसाद यादव, मोहन सुबेदी, र उपेन्द्र केशर खनाल पनि सहभागि छन।


कार्यक्रममा मधेश प्रदेश अन्तर्गतका पर्सा जिल्लाका २ १ महानगरपालिका ३ नगरपालिका र १०  गाउँपालिका गरि १४ वटा  स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्ष, न्यायिक समितिका पदाधिकारी, न्यायिक सचिव तथा पत्रकारहरूको सक्रिय उपस्थिति थियो।  स्वागत मन्तव्य   उपसचिव रामेश नायकले गरेका थिए। 

 

कार्यक्रममा नेपालको न्याय प्रणाली, अदालतको संरचना, न्यायिक समितिको अधिकार क्षेत्र, कानूनका सामान्य सिद्धान्त, मिसिल व्यवस्थापन लगायतका विषयमा कार्यपत्र प्रस्तुत गरिँदै छलफल गरिएको थियो।


तालिमको दोस्रो दिन वैशाख २० गते न्याय सम्पादन प्रक्रियाका चरणहरू, कार्यविधि र मिसिल व्यवस्थापनमा आधारित थप प्रस्तुती तथा छलफल हुने कार्यक्रम रहेको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक १६ बुँदे निर्णय गर्दै सम्पन्न

बेल्जियम । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक यही जुन ९  मा बेल्जियमको आन्त्वर्पेन शहरमा सम्पन्न भएको छ ।

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

समाज

जिल्ला प्रहरीलाई अनुसन्धान प्रगती पेश गर्न उच्च अदालतको आदेश

वीरगंज । उच्च अदालत जकपुर अस्थाई इजलाश वीरगंजले जिल्ला प्रहरी कार्यालय पर्सालाई नागरिकता किर्ते सम्बनधी एउटा घटनाको अनुसन्धान प्रगती पेश गर्न आदेश गरेको छ ।

रक्तसंचार केन्द्रलाई वीरगंज वडा नं ३ र बहुदरमाई नगरपालिकाले उपलब्ध गरायो सहयोग

वीरगंज । वीरगंज महानगरपालिका वडा नं ३ का वडाध्यक्ष बैजु स्वर्णकारले रेडक्रस सोसाईटी पर्सा द्वारा संचालित रक्तसंचार केन्द्रलाई एक थान एसी उपलब्ध गराएका छन ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.