logo

वीरगञ्जमा निःशुल्क आँखा शिविर सञ्चालन, मोतिविन्दु पहिचान भएका ३५ जनाको केन्द्रले निशुल्क शल्यक्रिया गर्ने

 इसीमाना सम्वाददाता     २०८२ बैशाख १३ गते ०८: ५६ मा प्रकाशित     871   पटक पढिएको
वीरगञ्ज । वीरगंज सामुदायिक आँखा केन्द्र तथा सामुदायिक प्रहरी सेवा वीरगञ्जले अनिवार आयोजना गरेको निःशुल्क आँखा शिविरबाट १ सय ४९ जना सेवाग्राही लाभान्वित भएका छन् ।
 
वीरगञ्ज महानगरपालिकाको वडा नं.२ छपकैयााँ छठघाटस्थित धर्मशालामा आयोजित शिविरमा ३५ जना मोतियाविन्दुका बिरामी भेट्टिएका छन।
 
 
उनीहरुको वीरगंज सामुदायिक आँखा केन्द्र  निशुल्क शल्यक्रिया हुने केन्द्रका मेडिकल अधिकृत महेशसिंह धामीले बताए ।
 
वीरगञ्ज महानगरका उपप्रमुख इम्तियाज आलमले महानगरका सहरी तथा ग्रामीण बस्तीमा आँखाका बिरामी उपचार गर्न आनाकानी गर्ने प्रवृत्ति रहेको जनाउदै बस्तीबस्तीमा शिविर गर्न आवश्यक भएको बताए  । 
 
 सोही अनुसार अहिले शिविरको सुरुवात गरिएको उनले बताए ।
 
वीरगञ्ज सामुदायिक आँखा केन्द्रका नेत्र अधिकृत महेशसिंह धामीले तराई(मधेसमा आँखाका बिरामी उपचार गर्न अस्पताल जान असहज मान्ने भएकाले शिविर जरुरी रहेको बताए  ।
 
“केन्द्रले समुदायमा रहेका सीमान्तकृत तथा  आर्थिक अभावका कारण समस्यामा परेका नागरिकको शिविरमार्फत मोतियाविन्दु पहिचान गरी निःशुल्क शल्यक्रिया गर्दै आइरहेको उनले बताए ।
 
उनले आफूहरुले निःशुल्क आँखा शिविर वर्षभरि गर्दै आइरहेको र त्यसबाट  हजारौँ सर्वसाधारणले आँखाको ज्योति पाएको बताए ।
 
केन्द्रले तिलगङ्गा आँखा प्रतिष्ठान र क्रियुर ब्लाइन्डनेस संस्थासँगको साझेदारीमा पर्सा, बारा, रौतहटलगायत जिल्लामा सातापिच्छे निःशुल्क आँखा शिविर र निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गर्दै आइरहेको छ । 
 
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख गौतम मिश्रले आँखा मानव जीवनको अभिन्न अङ्ग भएकाले यसको विशेष हेरचाह र सुरक्षामा ध्यान दिन सबैलाई अनुरोध गरे । 
 
केन्द्रका अध्यक्ष ग्यासुदिन ठकुराहीले आँखा शिविरमा आएका बिरामीलाई निःशुल्क औषधि वितरण गरिएको जानकारी दिए  । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

पर्सा प्रहरीद्वारा १२ लख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

खेलकुद

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।

हनामी बीएफसी फाइनलमा, रिगल एन्फा मकवानपुर टाइ–ब्रेकरमा पराजित

निर्मलबस्ती ३०। स्व. रामबहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत शुक्रवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा हनामी बीएफसी चितवनले रिगल एन्फा मकवानपुरलाई टाइ–ब्रेकरमा ५–४ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.