logo

कांग्रेस महामन्त्री थापाद्वारा सरकारको तिब्र आलोचना, भन्छन कांग्रेस सरकार अदलबदलमा भने लाग्दैन

 इसीमाना सम्वाददाता     २०८२ बैशाख ३ गते १७: ०४ मा प्रकाशित     400   पटक पढिएको

वीरगंज। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेस नेकपा एमालेसँगको सहमतिमा प्रतिबद्ध रहेको बताएका छन ।


नोपली कांग्रेस बाराको क्षेत्र नं ३ को क्षीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन । 


उनले नेपाली कांग्रेस ०८४ सम्म दुईदलीय गठबन्धनको सहमतीको आधारमा अगाडि बढ्ने बताउदै सरकार अदल बदलमा नलाग्ने प्रष्ट पारे ।


उनले आफनो पार्टी समझदारीमा इमान्दार रहेको चर्चा गर्दै नेपाली कांग्रेसका कारण सरकार परिर्वतन नभएको प्रष्ट पारे । 
यदपी थापाले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारको गम्भीर समीक्षा गर्नुपर्ने ठाउँमा आइपुगेको बताए ।


उनले दुई ठुला तर प्रतिस्पर्धी पार्टीहरु मिलेर सरकार बनाएको चर्चा गर्दै ठुलो उद्धेश्य लिएर सरकार निर्माण भएपनि त्यो प्राप्त हुन नसकेको भन्दै सरकारको तिब्र आलोचना गरे ।

उनले सम्बिधा संशोधन र  सुशासनको एजेण्डा गठबन्धन बनेको बताए । तर यो सरकार बनेपछि अपेक्षा अनुसार काम नभएको ठोकुवा गर्दै आफूहरु गम्भिर समिक्षा गर्नु पर्ने ठाँउमा आइपुगेको बताए ।

 

उनले सरकारको गती निकै सुस्त भएको बन्दै असन्तोष जाहेर गरे । 

 

उनले सरकारले गर्नुपर्ने निर्णय नगरेर नगर्नुपर्ने निर्णय गरिरहेको भन्दै आलोचना गरे। 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक १६ बुँदे निर्णय गर्दै सम्पन्न

बेल्जियम । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक यही जुन ९  मा बेल्जियमको आन्त्वर्पेन शहरमा सम्पन्न भएको छ ।

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

समाज

जिल्ला प्रहरीलाई अनुसन्धान प्रगती पेश गर्न उच्च अदालतको आदेश

वीरगंज । उच्च अदालत जकपुर अस्थाई इजलाश वीरगंजले जिल्ला प्रहरी कार्यालय पर्सालाई नागरिकता किर्ते सम्बनधी एउटा घटनाको अनुसन्धान प्रगती पेश गर्न आदेश गरेको छ ।

रक्तसंचार केन्द्रलाई वीरगंज वडा नं ३ र बहुदरमाई नगरपालिकाले उपलब्ध गरायो सहयोग

वीरगंज । वीरगंज महानगरपालिका वडा नं ३ का वडाध्यक्ष बैजु स्वर्णकारले रेडक्रस सोसाईटी पर्सा द्वारा संचालित रक्तसंचार केन्द्रलाई एक थान एसी उपलब्ध गराएका छन ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.