logo

निषेधाज्ञाका कारण एमाले महानगरको मतदान प्रभावित

 इसीमाना सम्वाददाता     २०८२ बैशाख २ गते १६: ३६ मा प्रकाशित     414   पटक पढिएको

वीरगन्ज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले वीरगन्ज महानगर कमिटीको नयाँ नेतृत्वको चयन अनिश्चित बनेको छ ।

महानगर कमिटीको नयाँ नेतृत्व चयनका लागि चार दिन अगाडि ‘मनोनयन दर्ता भएको थियो   । मनोनयन  भएको चार दिन बितिसक्दा पनि मतदान भने  हुन नसकेको महानगर इन्चार्ज बिचारी यादवले बताए ।

 

वीरगन्जमा मनोनयनकै कै दिन कर्फ्यू लागेपछि निर्वाचन स्थनगन गरिएको अध्यक्ष मण्डलका अध्यक्ष बिचारी यादवले बताए ।

 

उनका अनुसार अहिले पनि वीरगन्जमा निषेधज्ञा लागू छ, यो अवधिमा मतदान गराउन सकिदैन । स्थानीय प्रशासनले पनि निषेधाज्ञा जारी गर्दै भेला सम्मेलन प्रर्दशन जस्ता गतिविधिमा रोक लगाएपछि एमालेको महानगरको मतदान पनि अनिश्चित बनेको हो 

यादवले भने, ‘अहिले हामीलाई यहीकारणले कठिनाइ भइरहेको छ, अब निषेधाज्ञा हटेपछि अध्यक्ष मण्डलहरुको बैठक बसेर  मतदान गराउने छौं ।


तर अहिलेको अवधिमा सम्भव नरहेको उनको भनाइ छ ।

गएको ३० गते महानगरको कमिटी नयाँ नेतृत्वको चयनका लागि मनोनयन भएको थियो । ८३ पदका लागि निर्वाचन हुँदैछ ।

 

जसमा अध्यक्ष पदमा २ जना, उपाध्यक्षमा २ जना, सचिवमा ४ जना र उपसचिवमा ४ जनाको उम्मेदवारी परेको जनाइएको छ । महानगरका ३२ वडा मध्य धेरै जसोबाट सदस्य पदमा सर्वसम्मत छानिएका छन ।

अध्यक्ष पदमा सुन्दर राउत कुर्मी र नवराज शर्माको उम्मेदवारी परेको छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक १६ बुँदे निर्णय गर्दै सम्पन्न

बेल्जियम । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक यही जुन ९  मा बेल्जियमको आन्त्वर्पेन शहरमा सम्पन्न भएको छ ।

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

समाज

जिल्ला प्रहरीलाई अनुसन्धान प्रगती पेश गर्न उच्च अदालतको आदेश

वीरगंज । उच्च अदालत जकपुर अस्थाई इजलाश वीरगंजले जिल्ला प्रहरी कार्यालय पर्सालाई नागरिकता किर्ते सम्बनधी एउटा घटनाको अनुसन्धान प्रगती पेश गर्न आदेश गरेको छ ।

रक्तसंचार केन्द्रलाई वीरगंज वडा नं ३ र बहुदरमाई नगरपालिकाले उपलब्ध गरायो सहयोग

वीरगंज । वीरगंज महानगरपालिका वडा नं ३ का वडाध्यक्ष बैजु स्वर्णकारले रेडक्रस सोसाईटी पर्सा द्वारा संचालित रक्तसंचार केन्द्रलाई एक थान एसी उपलब्ध गराएका छन ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.