logo

कर्मचारीको निष्ठामाथि गम्भिर प्रश्न उठ्यो,मुख्यमन्त्री सिंहले आफनै कर्मचारीलाई कारवाही गर्ने (फोटो फिचर)

 इसीमाना सम्बाददाता     २०८२ बैशाख १ गते ११: ३९ मा प्रकाशित     1451   पटक पढिएको

वीरगंज । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले घरेलुतथा साना उधोग कार्यालय लाहानका कर्मचारीलाई कारवाही गर्ने भएका छन । 


मुख्मन्त्री सिंहले चैत १८ गते सिराहको मिर्चैयमा रहेका अस्पतालहरु अनुगमन गरेका थिए । त्यतीबेला सिंहले १४ वटा स्वास्थ्य संसथहरुलाई बन्द गर्न निर्दैशन दिएका थिए । सोही दिन मिर्चैयामा रहेको मुंगेरिया चाट एण्ड स्वीट को मिठाई बनाउने प्लाण्टको पनि अनुगमन गरेका थिए । 

No photo description available.
एउटा स्वास्थ्य संस्था अनुगमन गरेर फर्किदा मुख्मन्त्री सिंहलाई शंकालागि सोधपुछ गरे । मिठाई बनाउने ठाउको बारेमा सोधखोज गरेपछि मुंगेरिया चाट एण्ड स्वीटको मिठाई लगायतका परिकार उत्पादन कारखाना हो भन्ने खुल्यो । मुख्मन्त्री सिंहले त्यो कारखाना पनि अनुगमन गरे । 


कारखानामा जताततै फोहर माकुरोको जालो, माखा अन्य फोहरहरु देख्दै घिन लाग्दो वाक्क आउला जस्तो । मुख्मन्त्री सिंहले कारखाना भित्र रहेका पहाड तिर बाट आयात गरिएको खुवा,खाजा,रसभरी,लडडु,अन्य ठिाई लगायतका परिकारको गुणस्तर परिक्षणकोलागि  आदेश दिए ।

May be an image of 5 people

मुख्यमन्त्री सिंहको यो अनुगमन प्रक्रियामा घरेलु तथा साना उधोग कार्यालय लहानका कर्मचारी र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका कर्मचारी पनि थिए ।

नमुना संकलनको काम उनीहरुले नै गरेका थिए । तर परिक्षणको रिपोर्ट जव मुख्यमन्त्री समक्ष पुग्यो मुख्यमन्त्री तीन छक्क परे । उनको टाउको भनभन्ती घुम्न थाल्यो । रन्को छुटेर आयो ।

No photo description available.

कर्मचारीतन्त्रको पारा देखेर दिक्कदार भए । मुख्यमन्त्री सिंहको टाउको रिगाउने त्यो रिर्पोटमा के थियो ? खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजबिराजले लेखेको त्यो रिपोर्टमा रसभरीको मात्र रिपोर्ट थियो र त्यो गुणस्तरीय रहेको घोषणा गरिएको थियो ।

मुख्यमन्त्री सिंहले ६ वटा उत्पादनको गुणस्तर परिक्षणकोलागि नमुना संकलन भएको तर रिपोर्ट रसभरीको मात्र आएकोले मुख्यमन्त्रीलाई रन्को छुटाएको हो ।

May be an image of text that says 'Pull APullupforpreciseseeking Pull up p f for precise seeking'

 मुख्यमन्त्रीले त्यो रिपोर्ट पढेपछि आफनो मातहतमा रहेको घरेल तथा साना उधोग कार्यालयका कर्मचारीलाई कारवाहीको दायरामा ल्याउने बताएका हुन ।

उनले खाद प्रविधि तथा गुण नियन्त्रणकार्यालयका कर्मचारीलाई पनि कारवाही गर्थे तर  त्यो कार्यालय आफनो मातहतामा नभएकोले उनले घरेलुका कर्मचारी उपर छानविन गर्ने बताएका हुन ।

घरेलु तथा साना उधोग कार्यालय लहानले पनि त्यही ब्यहोराको प्रतिवेदन मुख्यमन्त्री कार्यालयलाई लेखेको छ । कार्यालयका प्रमुख किशोरीशरण यादव भने अनुगमनमा समेत सहभागि थिए ।

No photo description available.

मुख्यमन्त्री सिंहले यो घटनाले कर्मचारीलाई हेर्ने नजरिया नै परिर्वतन भएको आफनो सचिवालयका मन्छेहरुसंग गरेको स्रोतले बतायो  । उनले राम्रो हुन्छ भनेर कसलाई भर गर्ने भन्दै  इमान र निष्ठाको खडेरीले निराशा बढाउने चिन्ता ब्यक्त गरेको स्रोतको  भनाई छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पत्रकारद्वय गुप्ता र सर्राफलाई साधारण तारेखमा रिहा गर्न पर्सा जिल्ला अदालतको आदेश

वीरगञ्ज । पत्रकार राहुल गुप्ता र श्याम सर्राफ पर्सा जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन । उनीहरु बिरुद्ध पर्सा क्षेत्र नं १ का साँसद बुद्धिप्रसाद पन्तले बिधुतीय कारोवार ऐन अन्र्तगत मुद्धा  गरेका थिए ।

सात विश्व कीर्तिमान बनाएका डा.आशिश विष्ट देशको सेवा गर्न भन्दै नेपाल फर्किए

काठमाडौं । डा.आशिष विष्टले आफूले विश्वस्तरमा सात वटा शैक्षिक कीर्तिमान तथा ४ वटा ग्लोबल उपाधि हासिल गरेको प्रमाणहरु सार्वजनिक गरेका छन् ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.