logo

पाँचदूंदे सहमतीसंगै बिवाद सुल्झियो,कर्फ्यू रहित नयाँवर्ष वीरगंजवासीको अपेक्षा पुरा हुने

 इसीमाना सम्वाददाता     २०८१ बैशाख ३१ गते ०७: ४९ मा प्रकाशित     236   पटक पढिएको

वीरगन्ज । वीरगन्जमा दुइ समुदायवीच उत्पन्न विवाद सुल्झिएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्सामा  ११ घन्टा चलेको  बैठक पश्चात  विवाद सुल्झिएको हो ।

विभिन्न ५ बुदे निर्णय गर्दै विवादको समाधान गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।

उनका अनुसार बैठकले घटनाका दोषीलाइ पहिचान गरी २४ घन्टाभित्र कानुनी दायरामा ल्याउने निर्णय गरेको छ ।

यसैगरी घटनामा घाइते भएकाहरुलाइ निशुल्क उपचारको व्यवस्था मिलाउने, कुनैपनि सामुदायिक पर्वमा कसैले हातहतियार प्रदर्शन गर्न नपाउने, मदर्सासहितका धार्मिकस्थलहरुमा हुने पढाइको अनुगमन गर्ने तथा घटनाका दोषीलाइ कारबाही गर्दा कुनैपनि राजनीतिक दलबाट हस्तक्षेप नहुनेसहितको सहमति भएको प्रजिअ अर्यालले जनाए ।

हिजोदेखि वीरगन्ज आसपासमा लगाइएको कर्फ्युबारे भने साँझमा निर्णय लिइएने जिल्ला प्रशासन कार्यालयले पर्साले जनाएको छ । सहमती पछि कर्फ्यू खुकुलो गरिएको छ । उत्तर तर्फ पावरहाउस सम्म आवागमन खुकुलो परिएको छ । ०८२ सालको पहिलो दिन वीरगंजबासीको कर्फ्यूरहित नयाँवर्षको अपेक्षा भने पुरा हुने सहमतीले संकेत गरेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.